• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नगर प्रमुख चौधरीद्वारा ४८ गर्भवती महिलालाई पोषण प्याकेज वितरण

नेपाल पोस्ट दैनिक
    June 3, 2025  मा प्रकाशित

Spread the love
      

लहान, जेठ २० । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले वडा नम्बर २० का ४८ जना गर्भवती महिलाहरूलाई लक्षित गरी पोषण प्याकेज वितरण कार्यक्रमलाई निरन्तरता दिनुभएको छ ।
‘स्वस्थ आमा, स्वस्थ शिशु’ भन्ने मुल नाराका साथ सञ्चालन गरिएको यो कार्यक्रम चौधरी नगरप्रमुखमा निर्वाचित भएदेखि नै निरन्तर चलिरहेको छ। मातृ मृत्युदर घटाउने, कुपोषण न्यूनीकरण गर्ने र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले यस कार्यक्रमको थालनी गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो। वितरण गरिएको पोषण प्याकेजमा १० किलो चामल, २ किलो दाल, १ किलो नुन, १ किलो मटर र १ लिटर तेल समावेश गरिएको छ। प्याकेज तयार गरी प्रत्येक महिनामा नगरपालिकाका फरक–फरक वडामा वितरण गरिने गरिएको छ।

वडा नम्बर १ बाट सुरु गरिएको यो कार्यक्रम क्रमशः २४ नम्बर वडासम्म पुर्‍याएर फेरि वडा नम्बर १ बाट दोहोर्याइन्छ। यसरी एक वर्षभित्र १२ वटा वडाका महिलाहरूलाई पोषण सामग्री प्रदान गरिन्छ। बाँकी १२ वडाका महिलालाई अर्को वर्ष कार्यक्रममार्फत समेट्ने गरिएको नगरपालिकाले जानकारी दिएको छ। कार्यक्रमका दौरान लाभग्राही महिलाहरूले नगरप्रमुख चौधरीप्रति आभार प्रकट गरेका थिए। उनीहरूले यस्तो कार्यक्रमले गर्भावस्थामा आवश्यक पोषण प्राप्त गर्न सहयोग पुगेको अनुभव सुनाएका थिए।
स्वास्थ्य तथा सामाजिक न्यायलाई प्राथमिकता दिने जनप्रतिनिधिको प्रतिबद्धता अनुसार आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी रहेको नगरपालिकाले जनाएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑