• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आज देखि टी २० विश्वकप शुरु पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

नेपाल पोस्ट दैनिक
    June 2, 2024  मा प्रकाशित

Spread the love

काठमाडौं, २० जेठ । आइसीसी टी-२० विश्वकप आजदेखि सुरु हुँदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन् ।

यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन् । आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुँदैछ । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन् । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदै छन् ।

२० टिमलाई हरेकमा ५ देशलाई राखेर ४ समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि हरेक टिमका शीर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।

समूह ‘ए’ मा अमेरिका, क्यानडा, भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इङल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड रहेका छन् ।

त्यसैगरी, समूह ‘सी’मा वेस्ट इण्डिज, अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् भने समूह ‘डी’ मा नेपाल, बंगलादेश, नेदरल्याण्डस, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् ।

त्यस्तै नेपालले भने १० वर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । यस विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी-२० विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।from Dainik Nepal

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • बाल क्लवको नेतृत्वमा अन्तर मावि विद्यालय छात्र छात्रा भलिवल प्रतियोगिता
  • युएईलाई पराजित गर्दै नेपाल विश्वकपको छनोटमा
  • दोस्र वडा अध्यक्ष कपमा लहान एफ सि को कब्जा
  • दोस्रो सुरुंगा मेयर गोल्ड कप २०८१ आजबाट शुरु
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑