• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 21, Jan, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

” म चिन्ता गर्दिनँ तर चिन्तन जरुर गर्छु ” साहित्य सिर्जनाका धनी जिबछ यादब

नेपाल पोस्ट दैनिक
    February 18, 2023  मा प्रकाशित

Spread the love
      

बिनोद मण्डल लहान ६ फाल्गुन । महा शिवरात्री पर्वको शुभकामना सहित चिन्तन गर्दै साहित्य सिर्जनाका धनि तथा पत्रकार जीबछ यादब आफ्नै शब्दमा लेख्नु हुन्छ ।

” म चिन्ता गर्दिनँ तर चिन्तन जरुर गर्छु । मेरो बिगार गर्नेहरुको हितचित चिताउँछु । मेरो बालबच्चाको आहार समेत खोसेर यो मान्छेलाई सडकमा ल्याइदिने घटिया सोच राख्नेहरुको हर्कत देखेर गम्भीर जरुर भएको छु । मैले अनुभूति गरेको छु – इमानदार वफादार खुल्ला सहि सत्य विचार राख्ने जनताका मुद्दा उठाउनेहरुलाई कसरी घेरा हालेर कमजोर बनाउने ? षडयन्त्र देशैभरी चलिरहेपनि मधेसमा झन् यो बेथिति झाँगिदै गइरहेको छ ।

” गरीव दलितहरुलाई प्रयोग गर्ने औजारको रुपमा प्रयोग गर्ने पुँजीपतिहरु राज्यको हरेक निकायमा पुगेर सानालाई ऐन ठूलालाई चैन भने धारबाट समाज अघि बढिरहेको छ । मुसा मार्ने विरालोलाई धन्यवाद भन्नुपर्नेमा दुध खाने विरालोलाई पुरस्कार दिइरहेको छ । वाम एकताको पक्षमा निरन्तर वकालत गर्दै आइरहेको छु तर बाम किताकै मित्रहरुबाट म पीडित भइरहेको छु ।

कम्युनिष्ट चरित्रलाई म आदर गर्छु तर कम्युनिष्ट सिध्याउन कमाउनिष्ट भएकाहरुलाई म उतिकै घृणा पनि गर्छु । जाती र धर्मको नासा अफिमको नासा जस्तै हुने लेनिनको भनाई अझैपनि सान्दर्भिक छ । कमाउनिष्टहरु यहि जाति र धर्मको आडमा विचारलाई मारेर कम्युनिष्ट आन्दोलनमा गडबडी पैदा गरि रहेको छ । सिरहाका जनपक्षी यएमाले नेता हेम नारायण यादवको हत्या भएको १९ वर्ष भयो हत्यारा पता लागेन ।

मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पता लागेन जबकि सरकारमा एमाले कैयन पटक नेतृत्व गरि सक्यो । सिरहामा जमीनी कम्युनिष्ट नेताहरु चन्द्रशेखरलाल कर्ण,धर्मनाथ यादव र गङ्गा प्रसाद यादव राम रिझन यादव विश्वनाथ साह लगायतका नेताहरु जनताबाट निर्वाचित हुन सकेन तर रातारात सदस्यता ग्रहण गरेर टिकट पाएकाहरु सांसद चुनिए ।

विगतदेखि नै सिरहामा बाम दलहरुमा भित्रिएको विकृतिको पहाड छ । नेकपा माओवादी भित्रपनि आपसी एकता नहुँदा सिरहामा आफ्नै कारणले माओवादी कमजोर हुन लागि रहेको छ । २८ औ जनयुद्ध लहानमा दुई ठाउँमा आयोजना गरेर गुटलाई मल दिएको छ ।

२०७४ मा अजय शङ्कर नायक अविनाश र २०७९ को चुनावमा विश्वनाथ साह पराजित हुनु पार्टीमा मौलाएको गुटकै कारण रहेको देखियो । २०७४ मा ६ स्थानीयतह जितेका माओवादी एक स्थानीय तहमा झर्नुमा आपसी विवाद प्रमुख कारण नै हो ।

पार्टीमा विवाद सैद्यान्तिक नभएर नितान्त व्यक्तिगत स्वार्थसँग जोडिएकोले नेकपा माओवादीले कसरी आन्तरिक विवाद मिलाएर एक हुने माओवादी समर्थकहरुमा चिन्ताको विषय बनि रहेको छ । सबै बाम एक ठाम हुनुपर्छ आम बाम समर्थक जनतामा देखिन्छ ।

एमाले र माओवादीबीच बनेको गठबन्धन भएर बनेको सरकार निरन्तर चल्नुपर्छ । पुस १० को सहमति अनुसार अघि बढ्नु नै पर्छ तर सहमतिलाई परस्कृत गर्न प्रचण्डलाई पाँच वर्ष नै सरकारको नेतृत्व गर्न दिनुपर्छ ताकि एकताको लागि विश्वासको वातावरण बनोस् ।

केपी ओलीसँग भयभीत रहनु भएको प्रचण्डलाई विश्वास दिलाउन ओलीको पहल हुनुपर्छ । पुस १० को सहमति एकताको लागि कोसेढुङ्गा सावित होस । बाम आन्दोलनमा मौलाएको सारा विकृति अन्तय होस् । ” शब्दहरू मिठासपूर्ण र समय सान्दर्भिक भएकोले जस्ताको त्यस्तै उनका फेस अफ पेजबाट ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
  • केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
  • गरिबीको अवस्था र गरिबोन्मुख मधेश
  • मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
    • पछिल्ला
    • लोकप्रिय
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    तेस्रो जिल्ला स्तरीय तिल्ला संक्राइत २0८२ को तयारी पुरा
    रक्तदान कार्यक्रम सम्पन्न
    सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    लहान नगरपालिकाद्वारा वडा २१ मा फाइबर सिरक वितरण
    छुटाउनु भयो की?
    बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
    जसपा नेपालको जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा
    शेयर सदस्यको मृत्यु पश्चात क्रिया खर्च र विमा रकम हस्तान्तरण
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑