Home
आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:
| Wed, 30, Apr, 2025
समाचार
बिजनेस
स्वास्थ्य-जीवनशैली
सूचना-प्रविधि
मनोरञ्जन
प्रवास
खेलकुद
अन्तर्वार्ता
पर्यटन
देश बाहिर
एक अनागरिकको फिराद !
नेपाल पोस्ट दैनिक
June 14, 2020 मा प्रकाशित
Spread the love
सरकार
हजुरलाई
मेरो बोली पारिको लाग्छ
मेरो धोती पारिको लाग्छ
मेरो अनुहारको रङ्ग
हजुरलाई झन पारिको लाग्छ
मलाई देख्ना साथ हजुर सोध्नु हुन्छ-
‘ भैया घर कहाँ है ,सीतामाढी ?’
म हजुरको भैया
म हजुरको मर्स्या
म हजुरको धोती
म हजुरको काले
म हजुरको घुसपैठिया
म हजुरको अङ्गिकृत
साँच्चि हजुरलाई
पारिकाले कान्छा र बहादुर भन्दा कस्तो लाग्छ ?
हरेक रात सीमा मिचिदा
हजुरको त एउटा मनको देश दुख्छ
मेरो त हजुर
आँगन दुख्छ
खेत दुख्छ
डगर दुख्छ
पाइखाना गर्ने चउर दुख्छ
कैले कैले त घरै दुख्छ
साँच्चि हजुरसँग
बिएसएफसँग भिडेको अनुभव छ ?
हजुर यो देशको मालिक
हजुरको अनुहारकाहरू
सबै यो देशका मालिक खान्दान
हजुरहरू जन्मजात देशभक्त
हामीहरू त हजुर
अनुहारले नै ठगिएका मान्छे
भेषभुषा र भाषाले ठगिएका मान्छे
हामीलाई देश दुख्दा
आफ्नो खेतजस्तै दुख्छ
साँच्चि हजुरलाई देश कसरी दुख्छ मालिक ?
हाम्रो खेतलाई सुख्खा राखेर
हजुरले कोशी बेच्नु भयो
तै पनि हजुर राष्ट्रवादी
हाम्रो बस्तीलाई मरुभूमि बनाएर
हजुरले गण्डकी बेच्नु भयो
तै पनि हजुर देशभक्त
हामीलाई उल्लू बनाएर
हजुरले महाकाली बेच्नु भयो
अझ हामी नै अङ्गीकृत
साँच्चि नि हजुर,
देश बेच्दाको बखत
अपराध बोध नहुने रैछ ?
हजुरलाई
दार्जिलिङ् स्वदेश लाग्छ
मधेश विदेशलाग्छ
हजुरलाई
अम्वर गुरुङ्ग
सूर्य विक्रम ज्ञवाली
धरणीधर कोइराला
पारसमणि प्रधान
यी सवै वंशज लाग्छ
म हजुरलाई अङ्गीकृत लाग्छ
साँच्चि हजुर,
हजुरलाई नेपाल पहाड मात्रै लाग्छ ?
हामी त हिजो पनि रैती
हामी त आज पनि रैती
रैती नाथेलाई
जुन देश भए पनि के फरक ?
यो देश त सगरमाथाको देश
यो देश त गोर्खालीको देश
यो देशको मुहारमा
मधेशको माटोको गन्ध कहाँ छ ?
यो देशको इतिहासको कितावमा
हाम्रो इतिहासको पाना कहाँ छ ?
साँच्चि नि हजुर
हजुरलाई वुध्द भन्दा राम महान लाग्छ है ?
यो धरतीको एक थान देशमा
हजारौं वर्षको इतिहास बोकेर
एउटा रैथाने नागरिक हुन नसकेको
म तिम्रो अनागरिक भैया
समयको ओछ्यानबाट ब्युँझेर
जोड जोडले चिच्याइरहेको छु-
………
कि मलाई नागरिकको हक देऊ
कि मलाई देश खोज्ने हक देऊ
यस्तो घर न घाटको जिन्दगी
कृपा गरेर अब नदेऊ
साँच्चि नि मालिक ,
हजुरलाई पानीपुरी त खुश मन पर्छ है ?
फेसबुकबाट कमेन्ट गर्नुहोस
सम्बन्धित समाचार
मावि स्तरिय कविता वाचन प्रतियोगिता सम्पन्न
केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश
गरिबीको अवस्था र गरिबोन्मुख मधेश
मधेशमा महिलाको संख्या घट्दै : १५ प्रतिशत पुरुषले विवाहका लागि जोडी नपाउने
पछिल्ला
लोकप्रिय
जनमत पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम
लहान सहिद सालिक स्थानान्तरण गर्ने भद्र सहमति
अम्बेडकर पार्कको शिलान्यास
सिरहा, नवराजपुरमा विद्युतीय ट्रान्सफर्मर तोडफोड गरी चोरी
मधेशमा गैरमधेशीको निति लाधिएको छ, केन्द्रिय अध्यक्ष यादव
जनमत पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम
प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
आज देशभरका अदालत बन्द
रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल
समाचार
जनमत पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम
लहान सहिद सालिक स्थानान्तरण गर्ने भद्र सहमति
अम्बेडकर पार्कको शिलान्यास
सिरहा, नवराजपुरमा विद्युतीय ट्रान्सफर्मर तोडफोड गरी चोरी
मधेशमा गैरमधेशीको निति लाधिएको छ, केन्द्रिय अध्यक्ष यादव
छुटाउनु भयो की?
संघीयताको रक्षा देशमा जसपा नेपालले मात्र गर्न सक्छ : पुर्व मन्त्री मंण्डल
शिक्षा बन्द, सरकार चुप गरिबका छोराछोरीको भविष्य अन्धकारमा
महिला अधिकारकर्मी र मानव अधिकार रक्षकका चुनौतीबारे तालीम
स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
धनगढीमा किसान बहस: साना कृषकका आवाज उठाउने मौका
↑