लहान २१ चैत।प्रस्तुतछएउटा_कथा एकपटकको कुरा हो, जङ्गलमा छिट्टै भीषण आगो लाग्ने कुरा खरायोले जङ्गलका सम्पुर्ण जनावर एवम् पशुपन्छीहरुलाई सुनायो। त्यही जङ्गलमा एउटा अशक्त, वृद्ध गिद्धको पनि बसोबास थियो। गिद्धले भखरै आफ्नो बच्चा कोरलेको थियो। बच्चा भर्खरको मात्र भएकोले प्वाँख पनि उम्रेको थिएन त्यसैले उड्न पनि सक्दैन्थ्यो। गिद्धलाई आफ्नोभन्दा आफ्नो सन्तानलाई कसरी जोगाउने भन्ने चिन्ताले दिनहुुँ सताउन थालेको थियो। उसले केही जुक्ती लगाउन नसकेपछी आफ्ना सम्पुर्ण प्वाँखहरु उखेल्ने निर्णय लियो। बिचरा गिद्धले के नै गर्न सक्थ्यो र?, एक त कमजोर शरीर त्यसमाथि सन्तानको शरीरको भार, थेग्न निकै गाह्रो थियो। उसले आफ्ना सम्पुर्ण प्वाँखहरु उखेलेर फालिदियो र मरेपनी सन्तानसङ्गै मर्ने निधो गर्यो। दिनहरु बित्दै थिए र कलिलो बच्चाको प्वाँख उम्रन सुरु भैसकेको थियो। एकदिन त्यसतो पनि आयो जुन दिन त्यो बच्चा उड्न सफल भयो। अब दिन फेरिएको थियो, बच्चा उड्न सक्ने, आमा उड्न नसकने। गिद्धले आफ्नो बच्चालाई भन्यो: ” हेर
छोरा! जीवनमा कतिपय घटनाहरु यस्ता हुन्छन् जुन हामीले चाहेर पनि त्यसलाई टाल्न सक्दैनौ। जङ्गलमा भीषण आगो लाग्ने भएको छ। तर म आफुलाई जोगाउन सक्दिन जस्तो मलाई आभास भैरहेको छ किनकी मेरो पखेटा छैन र तिमी भखरको बच्चा!, तिमी मेरो भार थाम्न सक्ने अवस्थामा छैनौ। त्यसैले, बाबू, आगो लागेपछी तिमी उडेर गइहाल्नु है! म त्यसैपनी जीवनको अन्तिम मोडमा छु। म मरेपनी हुन्छ, तिमी उडेर गइहाल्नु है।” आमाको कुरा सुनेपछी बच्चाले रुदै जवाफ दिन्छ: ” त्यसो नभन्नुस न आमा, म हजुरलाई छोडेर कहिँ जानेछैन बरु म हजुरसङ्गै मरुला तर यो जीवन तपाईंबिना कल्पना पनि गर्न सक्दिन।” आमाले सम्झाउँदै भन्छ: ” तिमिलाई मेरो कसम छ छोरा, तिमी यो कुरा आफ्नी आमाको अन्तिम इच्छा सम्झदै पूरा गर है। म तिमिलाई आफुसङ्ग मर्न नदिनकै लागि त प्वाँख उखेलेको थिए। छोरा, तिमिलाई मेरो सपथ!”
यसरी कुराकानी चलिरहदा जङ्गलमा भीषण आगो लाग्यो, जङ्गलका जनावर एवम् पशुपन्छीहरुमा खैलाबैला मच्यो, भागाभाग भए। बच्चाले नचाहँदा नचाहँदै पनि आमाको वचनलाई काट्न नसकेर आमालाई त्यहीँ छोडी जानुपर्यो। केहिबेरमै जङ्गल स्वाहा भयो। जङ्गलका धेरै जनाबर एवम् पशुपन्छीहरु मारिए। त्यसमध्ये त्यो वृद्ध चील पनि एक थियो।