सप्तरी स्म्वादाता लहान ११ पुस । सप्तरीको सुरुङ्गा नगरपालिकामा नगर स्तरीय बिधालय खेलकुद एबम रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ आज बाट शुरु भएको छ।
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हिरालाल रानाको अनुसार यस प्रतियोगितामा कक्षा ४ । ५ अधारभुत तह ४ प्रकारको खेलमा ८ प्रकारको प्रतिस्पर्धा, अधारभुत तह कक्षा ६ । ८ सम्म ५ प्रकारको खेलमा १० प्रकारको प्रतिस्पर्धा, माध्यमिक तह कक्षा ९ । १२ सम्म ९ प्रकारको खेलमा १८ प्रकारको प्रतिस्पर्धा सहित कुल ३६ प्रतिस्पर्धा खेलमा भलिबल , रनिङ , रिले, हायजम्प, लङ जम्प, ज्याभलिन थ्रो, शटपुट, म्युजिकल कुर्सी दौर, भांडो फुटाउने खेलहरु हुने बताउनु भयो।
शुरु भएको प्रतियोगिता आउँदो पुस १६ गते समापन हुने जानकारी आयोजकले जानकारी दिएका हुन। यस प्रतियोगितामा नगर भित्रका बिधालयहरुलाइ सहभागी गराइएको छ भने बिद्यार्थी शिक्षकहरुलाई उच्च मनोवल बढाउन र किसोर किसोरीहरुलाइ लतमा फस्न नदिन तथा खेल जगतलाई बिकास गर्न बिगत चार बर्ष देखि प्रतियोगिता भैरहेको र खेलको अन्तिम दिन निजामती कर्मचारी र शिक्षकहरु बिच मैत्रीपुर्ण भलिबल खेल हुने जानकारी समेत शाखा प्रमुख रानाले दिएका हुन।