• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कानूनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल

नेपाल पोस्ट दैनिक
    September 8, 2022  मा प्रकाशित

Spread the love
      

काठमाडौ , नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूबिरुद्ध जबरजस्तीकरणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ ९क्यान० सँग कानूनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।
उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले आफूबिरुद्ध जबरजस्तीकरणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइण्डिज पुग्नुभएका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्तीकरणी नगरेको दाबी गर्दै कानूनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताउनु भयो । उहाँले क्रिकेटर लासमछानेसँग कुरा भइसकेको रे प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी दिनुभयो ।
फोनवार्तामा क्रिकेटर लामिछानेले कानूनी उपचारमा प्रोफाइलिस्ट लयर खोजिदिन आग्रह गरेको बताउनु भयो । उहाँले यस बारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गर्दै आईसीसीलाई पनि यस बारेमा जानकारी गराएको र आईसीसी यस विषयलाई लिएर गम्भीर रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीले क्रिकेटरले जबरजस्तीकरणी गरेको बारेमा क्यानसँग कुनै सहयोग हालसम्म नमागेको उल्लेख गर्दै यदी गलत काम गरेको खण्डमा क्यानले गलत कामको समर्थन नगर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हिजो राति क्यानले नै सम्पर्क ग¥यो । मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले
थाहा पाएको छु भन्यो । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन । भन्ने किसिसमको कुरा गयो । क्यानले सहयोग गर्नुपयो । कानूनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भन्यो । म सिपिएल म्याच सकेर फर्किन्छु भन्यो । टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या छैन भन्यो ।
प्रहरीले हामीसँग सहयोग मागेको छैन । आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आइसीसीले के हुनसक्छ भन्यो । मैले केस लागेपछि
त्यहीअनुसार कानूनअनुसार दर्ता हुन्छ भन्यौँ । यसमा आइसीसी गम्भीर बनेको छ । मुद्दा परेको छ, पुलिसले आफ्नो अनुसन्धान गरिरहेको छ ।’
प्रशान्त मल्ल, सचिव, नेपाल क्रिकेट संघ ९क्यान० क्यानको तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेलाई बुधवार राति घटनाको बारेमा जानकारी लिनुभएको थियो । जसमा क्रिकेटरले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेका क्यानले जनाएको छ । एक १७ वर्षीया युवतीले
आफूलाई क्रिकेटरले जबरजस्तीकरण गरेको भन्दै मंगलवार बलात्कारको उजुरी दर्ता गरेकी थिइन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑