शम्भु चौधरी लहान १७ पुस । धनगढीमाई नगरपालिक १ बाखर सनगोरा बजारमा संचालित प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ मा विहिबार पोखरभिण्डा र पिडरबोनी बिच भएको खेलमा पोखरभिण्डा पेलान्टिको ३ – १ गोलले विजय प्राप्त गरेको छ ।
बाखर सागोरामा नयाँ बजार व्यवस्थापनको उद्देश्य राखी फुटबल खेल भईरहको बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादवले बताएका छन ।
खेलको २१ औं मिनेटमा पिडरबोनीले पहिलो गोल गरेकोमा पिडरबोनीका समर्थक तथा दर्शकहरुले खुशि व्यक्त गरेका थिए किनकी पिडरबोनीको खेलाडीहरुको खेल राम्रो तथा पास मिल्ने खाले भएको दर्शक अच्छेबर चौधरीले बताए । तर मध्यन्ह् पछिको २३ औं मिनेटमा कोरनरको सदुपयोग गर्दै पोखरभिण्डाका खेलाडीले त्यो बललाई गोलमा परिणत गरी खेललाई बराबरमा ल्याएका थिए र खेल झनै रोमान्चकारी बनेको दर्शक ईनर पासमानले बताए ।
बराबरीमा खेल सकिए पछि खेल पेलान्टिमा पुगेको थियो र पेलान्टिमा पोखरभिण्डा ३ – १ गोलले विजय हात पारेको छ । अगामी २० गते सोमबारको खेल भवानीपुर फुटबल क्लब र खेसराहा फुटबल क्लब बिच हुने आयोजक कमिटिका अध्यक्ष सुर्य नारायण महतोले बताएका छन ।