शम्भु चौधरी लहान १६ पुस । सप्तरीको बलान बिहुल गाउँपालिकामा बलान बिहुल प्रिमियर लिंग प्रथम टी २० मेयर कप क्रिकेट प्रतियोगिता बुधबार दखि शुरु भएको छ ।
कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यपारको अभिधारा, आत्म निर्भर र सुन्दर बलान बिहुल बेल्ही युथ क्लबको मुल नाराको साथ शुरु भएको खेलमा बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले रीबन काटी खेलको उदघाटन गर्नु भएको थियो ।
उदघाटन खेल मौवाहा सप्तरी भरसेस सिरहाको कल्याणपुर बिच खेल भएको थियो । टस जितेर पहिलाो व्याटिंग रोजेको मौवाहा शुरुमा निकै नै कमजोर देखिएको थियो ।

बेल्हीको बलान स्टेडियममा शुरु भएको खेलमा जम्मा १६ वटा टिम सहभागी रहने बेल्ही युथ क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए ।
गाउँपालिका अध्यक्ष दयानन्द गोईतको प्रमुख अतिथिमा खेल शुरुवात भएको थियो । शुरुवाती क्रममा बोल्दै गोईत भने खेलकुद एउटा समाजको प्रगति हो, खेलाडीहरुको प्रतिभा पहिचान गराउन एउटा छोटे प्रयास हो । यसै प्रयासबाट देशको पहिचान गराउन सकिन्छ, राष्ट्रको पहिचान गराउन सकिन्छ । खेलकुद युवाहरु माथी गर्व गर्ने कुरा पनि हो । यस्ता किसिमका खेलकुद बेला बखतका भई राखे युवाहरुमा जोस जागर पनि पलाउने गरिन्छ ।
उघाटन कार्यक्रममा बलान बिहुल ४ का वडा अध्यक्ष मो. हंसु मियाँ लगायत राजनितिक दलका प्रतिनिधि, युवा तथा सममाज सेवीहरुको उपस्तिथी रहेको थियो ।
कार्यक्रम क्लबका सल्लाहकार कैलास महरा यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । यस लिंगको अन्तिम फाईनल खेल माघ २ गते हुने संस्थापक अध्यक्ष शंकरले बताए ।