शम्भु चौधरी लहान १४ पुस । सिरहाको धनगढीमाई नगरपालिका १ बाखर सागोरा बजारमा भई रहेको प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ मा भएको सोमबारको खेलमा तिनकोनी फुटबल टिम २ गोलले विजय प्राप्त गरेको छ ।
मध्यन्ह् सम्म कुनै किसिमको गोल हुन नसेको दुवै टिमको खेल बडो रोमान्चकारी थियो । मध्यन्ह् पछिको ११ औं मिनेटमा तिनकोनीले एक गोल हाने पछि अमहीका खेलाडीहरुमा हलचल मचियो त्यस पछि विभिन्न खेलाडी परिवर्तन गरी अमहीको खेल नै बिगरीएको दर्शकहरुले अनुमान गरिएको थियो । त्यस पछि खेलको २१ औ मिनेटमा दोस्रो गोल गरी तिनकोनी २ गोले गरी विजय हात पारेको थिए ।
अगामी बजार १६ गते बिहिबारका दिन अुने भएकोले सो दिन पोखरभिण्डा र पिडरबोनी हुने आयोजक कमिटिका अध्यक्ष सुर्य नारायण महतोले बताए ।