नबिन दहाल इटहरी १२ ममाघ । इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले आयोजना गरेको खेलमा इटहरीमा रहेको जनता माध्यामिक बिद्यालयले प्रथम र राष्ट्रिय माध्यामिक बिद्यालयले दोस्रो उपाधि जित्न सफल भएको हो ।
इटहरीको जनता माबिको खेल मैदानमा ०९ गतेबाट सुरु भएको खेल १२ गते समापन भएको छ । खेलमा प्रथम जनता माबि र दोस्रो इटहरी २ मा रहेको राष्ट्रिय माध्यामिक बिद्यालय पर्न सफल भएको थियो । खेलकुदमा प्रथम जनता माबिले ट्रफि र ४६ हजार रुपैया हात पारेको छ भने दोस्रो हुने राष्ट्रिय माबिले २५ हजार रुपैया लिन सफल भएको थियो ।
कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिकाकि उपमेयर लक्ष्मी गौतमले पुरुष सरह महिलाले पनि खेल खेल्न सकिने कुरा बताउनु हुन्छ । इटहरीलाई महिला शसक्तिकरण गर्दै लैजाने र खेल क्षेत्रमा इटहरीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका छात्रा खेलाडी उत्पादन गर्ने लक्ष लिएको छ ।