राजेश राम लहान १५ भदौ । सिरहाको लहानमा सिद्धार्थ बैंकले सयौंको संख्यामा स्थानीय महिलाहरुको सहभागितामा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार सम्पन्न गरेको कार्यक्रममा तिजको शुभकामना आदानप्रदान तथा तीज विशेष गीत संगीतमा सांस्कृतिक कार्यक्रम समेत गरेका थिए । कार्यक्रममा सहभागिहरुलाई खाजा नास्ता सहितको ब्यवस्था गरी सम्मान गरेको सिद्धार्थ बैकका लहान शाखाका मनेजर रामप्रमोद यादवले जानकारी दिनुभएको छ ।