• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

टी-२० विश्वकप छनोटमा मलेसियाविरुद्ध नेपालको शानदार जित

नेपाल पोस्ट दैनिक
    July 24, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौँ, ८ साउन । आइसिसी टी–२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।

पहिलो खेलमा कतारसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा मलेसियालाई हराएको हो । जितसंगै नेपालले २ खेलबाट २ अंक जोडेको छ । र, नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

बुधबार सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल खेल्न बाँकी छँदा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

नियमित कप्तान पारस खड्का चोटका कारण मैदानबाहिर रहेपछि मलेसियाविरुद्ध कप्तानी गरेका मल्लले २१ बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक बनाए । मल्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा क्याच आउट भए ।

योसँगै मल्ल नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

यसअघि मंगलबार कतारविरुद्ध कप्तान पारस खड्का र ज्ञानेन्द्रले ४९ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।

यस्तै नेपालका लागि विनोद भण्डारीले अविजित १३ तथा प्रदिप ऐरीले १२ रन बनाए । मलेसियाका लागि मुहमद स्याहदादले ३ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए भने विनोद भण्डारीले नटआउट १३ रन र शरद भेषवाकरले नटआउट ३ रन जोडे ।

त्यसअघि वर्षाका ९ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ७ विकेटको क्षतिमा ८३ रन जोड्यो ।

मलेसियाका लागि सएद अजिजले सबैभन्दा बढी ३० रन जोडे । उनले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । विरनदिप सिंहले १६ बलमा २१ रन जोडे ।

बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिए । मलेसियाका दुवै ओपनरलाई आउट गरेका सोमपालले २ ओभरमा २३ रन दिए । १ ओभर बलिङ गरेका बसन्त रेग्मीले २ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले १–१ विकेट हात पारे ।

पहिलो खेलमा बेहोरेको हार र कप्तान पारस खड्का घाइते हुँदा दबाबमा रहेको नेपाललाई मलेसियाविरुद्धको जितले राहत दिलाएको छ । अब नेपालले २ दिन आराम गरेर अन्तिम २ खेल खेल्नेछ ।

नेपालले शनिबार कुवेतसँग प्रतिस्पधौ गर्नेछ भने आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरको सामना गर्नेछ । यी दुवै खेल जिते नेपाल विश्व छनोटमा पुग्नेछ ।दैनिक नेपालबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑