• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बंगलादेशलाई हराउदै भारत विश्वकप क्रिकेटकाे सेमिफाइनलमा प्रवेश

नेपाल पोस्ट दैनिक
    July 3, 2019  मा प्रकाशित

Spread the love
      

लण्डन, १८ असार । बंगलादेशविरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको छ । भारतले लिग चरणको ८ खेलमा १३ अंक जोडेको छ । लिगको अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रनमात्र रनमात्र जोड्न सक्यो ।

उच्च लयमा रहेका शकिब अल हसनले ६६ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन नसक्दा बंगलादेशले झिनो हार व्यहोरेको हो ।

यो हारले पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा पुग्ने बंगलादेशको सपना कम्तीमा ४ वर्षका लागि धकेलिएको छ ।

ओपनरहरु तामिम इक्वाल र सौम्य सरकारले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सौम्यले ३३ र इक्वालले २२ रनको पारी खेले ।

तेस्रो नम्बरमा आएका हसनले ७४ बलमा ६ चौकाको सहयोगमा ६६ रन प्रहार गरे । त्यसपछि आठौं नम्बरमा आएका मोहम्मद सइफुद्धिनले अर्धशतकीय पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनी ३८ बलमा ९ चौकाको सहयोगमा ५१ रनमा अविजित रहे । बंगलादेशको मध्यक्रमले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा पराजित हुनुपरेको हो ।

बंगलादेशका लागि मध्यक्रममा सब्बिर रहमानले ३६ र लिटन दासले २२ रन जोडेका थिए । कप्तान मश्रफी मोर्तजा ८ र रुवेल हुसेन ९ रनमा आउट भए ।

बलिङतर्फ जसप्रित बुमराहले ४ विकेट लिए । हार्दिक पाण्ड्याले ३ तथा भुवनेश्वर कुमार, मोहम्मद शामी र युजवेन्द्र चहलले १-१ विकेट लिए । बुमराहले १० ओभरमा १ मेडन राख्दै ५५ रन खर्चिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको हो । ओपनरहरु रोहित शर्माको शतक र केएल राहुलको अर्धशतकको मद्दतले बंगलादेशलाई ३ सय माथिको लक्ष्य दिएको हो ।

भारतका रोहित र राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै बलियो सुरुवात गरेका थिए । पहिलो विकेटका रुपमा रोहित शतकसहित १०४ रन बनाएर आउट भए । यो उनको जारी विश्वकपमा चौथो शतक हो ।

रोहितले विश्वकपमा चार शतक बनाउने श्रीलंकाका कुमार सांगकाराको रेकर्ड बराबरी गरेका छन् भने भारतको पहिलो ब्याट्सम्यान बनेका छन् । यसैगरी जारी विश्वकपमा सर्वाधिक ५४४ रन बनाउने खेलाडी पनि बनेका छन् ।

रोहित आउट भएपछि क्रिजमा आएका कप्तान विराट कोहलीले २६ रन बनाए । लगातार पाँच खेलमा अर्धशतक बनाएका कोहली आज भने चल्न सकेनन् । ओपनर राहुल भने ७७ रन बनाएर आउट भए । शिखर धवन घाइते भएर प्रतियोगिताबाटै आउट भएपछि ओपनिङ आएका राहुलले जारी प्रतियोगितामा २ वटा अर्धशतक बनाए पनि शतक भने बनाउन सकेका छैनन् ।

अर्का युवा व्याट्सम्यान ऋषभ पन्त ४८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्ड्याले खाता खोल्नै सकेनन् भने महेन्द्र सिंह धोनी ३५ रनमा पेभेलियन फर्किएका थिए । तीन खेलपछि टिममा फर्किएका भुवनेश्वर कुमार २ रन बनाएर रन आउट हुँदा मोहम्मद शामी १ रनमा नट आउट रहे ।

बंगलादेशका मुस्तफिजुर रहमानले सर्वाधिक ५ विकेट लिएका थिए । उनले आफ्नो १० ओभरको स्पेलमा ५९ रन खर्चिदा १ ओभर मेडन राखेका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑