• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको संकट थप गम्भीर बन्दै

नेपाल पोस्ट दैनिक
    November 20, 2019  मा प्रकाशित

Spread the love
      

न्युयाेर्क, ४ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको संकट थप सघन र गम्भीर बन्दै गएको छ । ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा राष्ट्रपति कार्यालय ह्वाइट हाउसकै उच्च अधिकारीले बयान दिएका छन् ।

युक्रेनका लागि उच्च अमेरिकी अधिकारी रहेका लेफ्टिनेन्ट कर्णेल एलेक्जान्डर भिन्ड्म्यानसँग संसदीय समितिले सुनुवाई गरेको हो । लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई गरेको टेलिफोन संवाद सुनेका थिए ।

सुनुवाईको क्रममा लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानले राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग अनुचित राजनीतिक माग गरेको संसदीय समितिलाई बताएका छन् ।

सुनुवाईको क्रममा लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानले भनेका छन्, ‘मैले सुनिरहेको कुरामा विश्वास लागेको थिएन ।’

राष्ट्रपति ट्रम्पले आफ्नो पद तथा शक्तिको दुरुपयोग गरी विदेशी शक्तिसँग आफ्ना सम्भावित प्रतिस्पर्धीको छवी धुमिल पार्न सहयोग माग गरेको सम्बन्धमा अहिले अनुसन्धान भइरहेको हो ।

राष्ट्रपति ट्रम्पमाथि युक्रेनका राष्ट्रपतिसँग सैन्य सहयोगको बदलामा पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान सुरु गर्न आग्रह गरेको आरोप छ ।

गएको जुलाई २५ मा गरेको टेलिफोन संवादको ट्रान्स्क्रिप्टमा पनि सो कुरा देखिएको छ । ट्रम्पले भने सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई सम्भावित उम्मेदवारको सूचिमा अघि रहेको मानिन्छ ।

सोही अनुसन्धानका क्रममा संसदीय समितिले मंगलबार लेफ्टिनेन्ट कर्णेल भिन्ड्म्यानसँग बयान लिएको हो ।

इराक युद्धमा समेत खटिएका भिन्ड्म्यान अमेरिकाको राष्ट्रिय सुरक्षा समिति (एनएससी) मा उच्च भूमिका निर्वाह गर्छन् । उनले मंगलबार आर्मी पोशाकमै संसदीय समितिमा बयान दिएका हुन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑