• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन

नेपाल पोस्ट दैनिक
    December 30, 2025  मा प्रकाशित

Spread the love
      

१५ पुस । बंगलबादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधन भएको छ। उनको ८० वर्षको उमेरमा निधन भएको हो।मंगलबार विहान स्थानीय समय अनुसार ६ बजे ढाकाको एवरकेयर अस्पतालमा उनको निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
खालिदा जियाको जन्म १५ अगस्ट १९४५ मा बंगलादेशको दिनाजपुर जिल्लामा भएको थियो। उनको विवाह बंगलादेशका पूर्व राष्ट्रपति तथा सैनिक शासक जियाउर रहमानसँग भएको थियो। सन् १९८१ मा जियाउर रहमानको हत्या भएपछि खालिदा जिया सक्रिय राजनीतिमा प्रवेश गरिन्।

खालिदा जिया बंगलादेश नेशनलिस्ट पार्टीकी नेता बनेपछि छिट्टै देशको प्रमुख विपक्षी शक्ति स्थापित गरिन्। उनी पहिलोपटक सन् १९९१ देखि १९९६ सम्म बंगलादेशकी प्रधानमन्त्री बनिन्। दोस्रोपटक सन् २००१ देखि २००६ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिन्।
उनको शासनकालमा बहुदलीय लोकतन्त्र मजबुत बनाउने प्रयास, आर्थिक सुधार, तथा पूर्वाधार विकासमा ध्यान दिइएको मानिन्छ।
उनी बंगलबादेश नेशनलिस्ट पार्टीकी प्रमुख थिइन् र बांग्लादेशको पहिलो महिला प्रधानमन्त्री थिइन्। लामो समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी उनको मृगौला र फोक्सोमा समस्या थियो।
खालिदा जिया बंगलादेशको राजनीतिमा गहिरो छाप छोड्ने नेतृ हुन्। समर्थकहरूका लागि उनी लोकतन्त्र र राष्ट्रियताको प्रतीक मानिन्छिन् भने आलोचकहरूले उनको शासनकाल र कानुनी विवादमाथि प्रश्न उठाउने गरेका छन्। जे भए पनि, बंगलादेशको आधुनिक राजनीतिक इतिहासमा उनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ।

उनको निधन त्यतिबेला भएको छ, जतिबेला बंगलादेशको राजनीतिमा संटकपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। खालिदा जिया दशकौंसम्म देशको राजनीतिक परिदृश्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑