१३ असार । दक्षिण अमेरिकी देश भेनेजुएलामा गएको दुई भूकम्पबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । ३ हजार ३ सयभन्दा बढी मानिसहरू घाइते भएका छन् ।
अझै हजारौं बेपत्ता भएको बताइएको छ । यसअघि सरकारले ३९ हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको बताएको थियो । उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ ।
गत बुधबार आएको यस महाविपत्तिमा ज्यान गुमाउने अन्य पीडितहरूको पहिचान खुल्ने क्रम जारी छ। भेनेजुएला फुटबल महासंघ र सम्बन्धित क्लबहरूका अनुसार भूकम्पमा परी दुईजना फुटबल खेलाडीको पनि मृत्यु भएको छ।
काराकास फुटबल क्लबका १८ वर्षमुनिका खेलाडी राजान सिजाको ला गुइरास्थित आफ्नै घरमा परिवारका सदस्यहरूसहित मृत्यु भएको छ।
भूकम्प प्रभावित क्षेत्रहरूमा अझै धेरै मानिसहरू बेपत्ता रहेकाले उद्धारकर्मीहरूले भग्नावशेषमा जीवितहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।