Breaking News · नेपाल पोस्ट दैनिक बिशेष · प्रदेश २ · समाचार

सिरहामा कटुवा पेस्तोल फेला,काठमाडौंबाट एकजना नियन्त्रणमा

शम्भु चौधरी लहान २१ साउन। जिल्ला प्रहरी कार्यालय सिरहाले कटुवा पेस्तोल सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सरकुवानकरक्टी गाउँपालिका वडा नं ५, महेश्वारी टोलका १८ वर्षीय मोहम्मद अफरोज राईनले घरमा कटुवा पेस्तोल लुकाईछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार, राईनले आफ्नै घरमा कटुवा पेस्तोल लुकाएर राखेको भन्ने गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै घरमा खानतलासी गर्दा लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला पारेको थियो।

राईन काठमाडौं महानगरपालिका वडा नं। ३२, तिनकुनेमा बसिरहेको जानकारी प्राप्त भएपछि काठमाडौँ प्रहरी वृत्त बानेश्वरसंग समन्वय गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए ।