शम्भु चौधरी लहान २८ असार । मधेशमा धान रोपाईसंगै मलको अभाव देखिएको छ । साना किसान भवनीपुरद्धरा गरिएको मल वितरण कार्यक्रममा एक घर परिवारलाई २५ किलो डिएपि मात्र दिइको किसानहरुको गुनासो रहेको छ । यो त कनिका छरे जस्तो भयो एक किसानको भनाई ।
यता कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको बताउनुभएको छ । यस वर्ष विगतका वर्षहरूको तुलनामा सबैभन्दा बढी ५ लाख ५० हजार मेट्रिक टन मल आयात गरिएको जानकारी दिनुभयो । केही प्राविधिक र आपूर्ति व्यवस्थापनका कारण रोपाइँ अघि मल पुर्याउन केही समस्या भए पनि साउन १ गतेदेखि नयाँ ‘लट’को मल आउन सुरु हुने उहाँले स्पष्ट पार्नुभयो । आगामी दिनमा ‘क्यालेन्डर’ बनाएर स्थानीय, प्रदेश र सङ्घीय सरकारबिचको समन्वयमा व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै मन्त्री चौधरीले किसानका समस्या सुन्न ‘टोल(फ्री नम्बर’ समेत सञ्चालनमा ल्याइएको समाजिक संजालहरुमा देख्न सकिन्छ ।
मल लिन आएका एक किसान मिठुलाल चौधरीका अनुसार अब लाभग रोपाई सकिएकोछ । अब मल छर्र्ने बेला आएको छ । मल लिन आउदा यत्रो ठुलो लाईनमा बस्नु पर्ने बाध्यता । यसै समयमा मलको अभाव भईदिएको भए किसानहरु खेतीपाती कसरी गर्ने दुखेसो पोखेका छन ।
साना किसानका अध्यक्ष रामऔतार महतोका अनुसार हामी कृषि सामग्रीबाट प्रयाप्त मात्रामा मल उपलब्ध गराउदैन के गर्ने जति उपलब्ध गराउन त्यसमा वडा भरीका सबै जनतालाई बराबर गरी भाग लगाएर वितरण गर्छौ ।