• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 09, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार आवश्यक

नेपाल पोस्ट दैनिक
    March 27, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १३ चैत्र । सिरहा, १२ चैत । यहाँको लहान नगरपालिका–८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार एक विशेष कार्यक्रमका बीच नवनिर्माण गरिएको चारकोठे भवन, हात धुने स्थान, शौचालय र खानेपानी संरचना हस्तान्तरण गरिएको छ ।

विद्यालयमा निर्मित चारकोठे भवन नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु ४५ लाख लागतमा निर्माण गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । हस्तान्तरण कार्यक्रममा नगरप्रमुख चौधरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न भौतिक पूर्वाधार पहिलो शर्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारबिना गुणस्तरीय शिक्षा सम्भव हुँदैन । विद्यार्थीका लागि सुरक्षित र बालमैत्री वातावरणमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । अब भौतिक संरचना तयार भइसकेकाले यस विद्यालयमा पनि अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गरिनेछ ।”
लहान नगरपालिकाले पछिल्लो समय ‘एक विद्यालय, एक कम्प्युटर’ र ‘एक कक्षाकोठा, एक पङ्खा’ जस्ता कार्यक्रममार्फत डिजिटल र भौतिक सुविधा विस्तार गरिरहेको छ ।

यता विकन परियोजनाले पनि लहानका विभिन्न विद्यालयमा १५ सयभन्दा बढी विद्यार्थीलाई स्वच्छ खानेपानी र एक हजार १०० भन्दा बढीलाई व्यवस्थित शौचालयको पहुँच पुर्याएको जनाएको छ ।
यसका साथै नगरपालिकामा सञ्चालित ‘द विकन परियोजना’मार्फत रु १७ लाख ५३ हजार १७८ को लागतमा भवनबाहेकका अन्य सरसफाइ र खानेपानीका संरचना निर्माण गरिएका हुन् । यो परियोजनामा वाटर एड नेपाल, नेपाल खानेपानी संस्थान, लहान नगरपालिका र दलित जनकल्याण युवा क्लब साझेदारका रूपमा रहेका छन् ।

विद्यालयकी प्रधानाध्यापक सुधा चौधरीले करिब २०० विद्यार्थी रहेको यस विद्यालयमा जीर्ण भौतिक संरचनाका कारण विगतमा पठनपाठनमा ठूलो समस्या भोग्नुपरेको स्मरण गर्नुभयो । उहाँका अनुसार पहिले शौचालय नहुँदा विद्यार्थी र शिक्षकहरू बाहिर जानुपर्ने र खानेपानीको अभावमा विद्यार्थी घरै फर्किनुपर्ने बाध्यता थियो, जुन अब पूर्ण रूपमा अन्त्य भएको बताईन ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    • पछिल्ला
    • लोकप्रिय
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
    कार र मोटरसाइकिल एक आपसमा ठोक्किदा एक भारतीयको मृत्यु
    रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑