शम्भु चौधरी लहान ११ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीको निर्देशन तथा निर्वाचनका क्रममा जनतासँग गरिएको प्रतिबद्धता अनुसार सिरहा क्षेत्र २ को क्षेत्रीय कार्यालय धनगढीमाई नगरपालिका १० जिरोमाइलमा विधिवत रूपमा स्थापना भएको छ ।
जनताको समस्या, गुनासो तथा महत्वपूर्ण सुझावहरूलाई प्रत्यक्ष रूपमा सुन्ने र समाधान तर्फ अग्रसर हुने उद्देश्यले यो कार्यालय स्थापना भएको हो । यहाँहरूको साथ, सुझाव तथा सहयोगले हामीलाई अझ जिम्मेवार र प्रभावकारी रूपमा कार्य गर्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अनिल सिंहले बताए ।
कार्यालय खुल्ने समय सरकारी कार्यालय खुले सरह नै हुने नेता सिंहले बताए । बिहान १० बजे देखि साँझ ५ बजेसम्म रहनेछ । यस समयमा तापाई आफना गुनासा, सल्लाह सुभाव तथा प्रतिक्रिया कार्यालयमा रहेका कर्मचारुी मार्फत दिन सकिने नेता सिंहले बताए ।
कार्यालय स्थापना समारोहमा पार्टीमा नेता तथाा कार्यकर्ताहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । कार्यक्रम बिच राष्ट्रिय स्वतन्त्र पार्टी सदैव जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।
सम्बन्धित खबर
नेपालमा पहिलो नरहा गाउँपलिकामा अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ सञ्चालन व्यवस्थापन कार्यविधि–२०८३’पारित
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
आज विश्व मावनता दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
