शम्भु चौधरी लहान ३ चैत्र । साना किसान लघुवित वितिय संस्था लि. शाखा कार्यालय लहान सिरहाको सहयोग र साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्रध धनगढीमाई नपा १ सिरहाको आयोजनामा कृषि तरकारी व्यवस्थापन सम्बन्धि २ दिने तालिम मंगलवार सम्पन्न भएको छ ।

सहकारीका सदस्यहरुलाई कृषिमा तरकारी खेती सम्बन्धि ज्ञान प्राप्त गर्ने उदेस्यले यो तालिम सञ्चालन भएको थियो । तालिममा तरकारी खेती सम्बन्धि विभिन्न प्रकारका ज्ञान प्रशिक्षक द्वारा प्रदान गरिएको थियो । बेमौसमी तरकारी खेती, रोग किराको रोकथाम तथा उपाय, किटनासक औषधीको प्रयोग तथा मात्रा र माटोको परिक्षण सम्बन्धि विषय वस्तुमा आधारित रही प्रशिक्षकद्वोय माटो प्राविधिक बद्री नारायण महतो र कृषि प्राविधिक राम अवतार महतोले प्रशिक्षण दिइएको थियो ।
तालिममा संस्थाद्वारा आवद्ध गराइएका विभिन्न समूह अन्तर समूहका जम्मा ३० जनाको सहभागी रहेको सहकारीका प्रवन्धक गीता कुमारी चौधरीले बताइन् । तालिम अवधीमा प्राक्टिकल गर्न किसानको खेतमा लगाइएको विभिन्न किसिमका तरकारीहरुको समेत अवलोकन गरिएको थियो ।
