• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरी बलान विहुलमा कांग्रेसको घरदैलो अभियान तीव्र

नेपाल पोस्ट दैनिक
    February 9, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान २६ माघ । सप्तरीको बलान विहुल गाउँपालिकामा नेपाली कांग्रेसका समर्थक तथा कार्यकर्ताहरूले घरदैलो, भेटघाट तथा चुनावी अभियानलाई सशक्त बनाएका छन्। गाउँपालिकाका विभिन्न बस्ती तथा चोक–चौकमा आयोजित कार्यक्रममा कांग्रेसका नेता–कार्यकर्ताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै रुख चिन्हमा मतदान गर्न अपिल गरेका छन्।
घरदैलो अभियानका क्रममा मतदाताबाट उत्साहजनक साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भएको आयोजकहरूको भनाइ छ। स्थानीयवासीहरूले विकासमुखी, अनुभवी र जनउत्तरदायी नेतृत्वको आवश्यकता औंल्याउँदै कांग्रेसप्रति विश्वास व्यक्त गरेको जनाइएको छ। नेपाली कांग्रेसले आगामी दिनहरूमा बलान विहुल गाउँपालिकाका सबै वडामा पुगेर चुनावी अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउने जनाएको छ।
अभियानका क्रममा “रुख चिन्हमा मतदान गरौँ, सप्तरी–४ बाट तेजुलाल चौधरीलाई विजयी बनाऔँ” भन्ने नाराले वातावरण गुन्जिएको थियो। घरदैलो कार्यक्रमहरूमा उम्मेदवार तेजुलाल चौधरी स्वयं सहभागी भई मतदाताका समस्या, सुझाव र अपेक्षा सुन्दै देखिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले अधूरा विकास निर्माणका काम पूरा गर्न यो आफ्नो अन्तिम उम्मेदवारी भएको उल्लेख गरे।
उनले आफ्नो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नं। ४ भित्र सडक पूर्वाधार, कृषि, शिक्षा, खेलकुद र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याइएको दाबी गरे।चौधरीले क्षेत्रभर सुविधा सम्पन्न सडक सञ्जाल विस्तारअन्तर्गत उदयपुरको गाईघाट–कल्याणपुर हुँदै बनौला सडक, कुशहा–बेल्ही सडक खण्ड,कदमाहा–पटेर्बा चार लेन सडक निर्माणलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।

त्यस्तै कभर्ड हल निर्माण, कृषि आधुनिकीकरण, लागुऔषध नियन्त्रणका लागि शिक्षा र सीप विकास, साथै खेलकुद प्रवर्द्धनका लागि रंगशाला निर्माणलाई आफ्नो प्राथमिक कार्यको रूपमा उल्लेख गरे। कांग्रेसका नेता–कार्यकर्ताहरूले तेजुलाल चौधरीलाई पुनः विजयी गराउन सके विकास र सुशासनका एजेन्डाले थप गति लिने दाबी गरेका छन्।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑