लहान १४ माघ । बारामा धारिलो हतियार प्रहार गरेर आमा छोराको हत्या भएको छ । बुबासहित तीनजना घाइते भएका छन् ।
बुधबार बिहान करिब ३ बजे बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुबा जगरुक मण्डल गम्भीर घाइते छन् ।
एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।
घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । ‘ एकजना मान्छे राति घरभित्र पसेर अन्धाधुन्ध हतियार प्रहार गरेको भन्ने कुरा एसपी कुँवरले जानकारी दिइएको छ ।