शम्भु चौधरी, लहान १७ कार्तिक । राष्ट्रको लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ लक्ष्मीपुर पतारी गा पा २ पोखरभिण्डाको श्री जनता डोमी चौधरी मा वि ( प्रविधिकधार) को खेल मैदानमा सोमबारदेखि सञ्चालन हुने भनिएको “दोस्रो अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८२” प्रतिकूल मौसम (लगातार वर्षा) का कारण खेलमैदानमा समस्या उत्पन्न भएकाले हाललाई केही दिनका लागि स्थगित गरिएको आयोजक समितिले जनाएकोछ ।
लक्ष्मीपुर पतारी गाउँपालिका गाउँ कार्यपालिका शिक्षा, युवा तथा खेलकुद शाखा लक्ष्मीपुर पतारीले आयोजना गरिएको खेलमा जम्मा ८ वटा टिम सहभागी हुने टाईसिटमा प्रस्तुत गरिएको छ ।
समाजिक संजालको सूचना मार्फत सम्पूर्ण आमन्त्रित टिमहरू, खेलप्रेमीहरू तथा शुभचिन्तकहरूलाई जानकारी गराइन्छ कि अर्को सूचना जारी नभएसम्म खेल कार्यक्रम स्थगित गरिएको आयोजक समितिले बताएका छन ।
प्रतियोगिता गढीमाई युवा क्लब पोखरभिण्डा पर्साले आयोजना गरिएको हो ।
सम्बन्धित खबर
पर्यटन प्रवर्द्धन मार्फत समृद्धिको लक्ष्य आज विश्व पर्यटन दिवस
नेपाली कांग्रेसको महाधिवेशनमा लहान–१२ बाट सहभागी नहुने
शिक्षकको माग गर्दै उपमहानगरपालिका घेराउ
विवाुदास्पद अडियो सार्वजनिक भएपछि भन्सारका अधिकृत भट्ट जिम्मेवारीबाट हटाइए
लहान दुर्गा मन्दिरको निर्माण कार्य ९० प्रतिशत सम्पन्न
