• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु

नेपाल पोस्ट दैनिक
    September 17, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी सिरहा, १ असोज । थारु समुदायको संस्कृति र जितिया पर्वसँग सम्बन्धित थारु लघु चलचित्र ‘लैहरा’ प्रदर्शनमा आएको छ। समुदायको सांस्कृतिक अभ्यास, परम्परा र धार्मिक आस्थालाई दर्शाउने उद्देश्यले निर्माण गरिएको यो फिल्म दर्दनायक कथामा आधारित रहेको निर्देशक शिव थारुले जानकारी दिएका छन्।

फिल्ममा थारु समुदायमा विशेष महत्व राख्ने जितिया पर्वमा महिलाहरूले लैहर जानु पर्ने परम्परा र त्यससँग जोडिएका संघर्ष, पीडा तथा संवेदनशील घटनाहरूलाई यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ। निर्देशक थारुको भनाइ अनुसार, ‘लैहर’ केवल मनोरञ्जनका लागि नभई थारु समुदायको मौलिक संस्कृति, परम्परा र संस्कारलाई संरक्षण र नयाँ पुस्तामा परिचय गराउने उद्देश्यले निर्माण गरिएको हो।

५० रुपैयाको टिकटदरमा प्रदर्शन भइरहेको यस फिल्मको पहिलो शो आज सिरहाको ढोढना स्थित राजदेवी मन्दिरको सभा हलमा गरिएको हो। स्थानीय दर्शकहरूको उपस्थिति उल्लेख्य रहेको र फिल्मप्रति चासो देखिएको आयोजकहरूले बताएका छन्। साथै, फिल्मलाई भोलिदेखि हातिदहमा पनि निरन्तर प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

थारु समुदायमा लोकप्रिय मानिएको जितिया पर्व महिलाहरूले आस्था, श्रद्धा र परिवारको सुखसमृद्धिको लागि मनाउने महत्वपूर्ण पर्व हो। यसै पर्वमा आधारित भएर निर्माण गरिएको ‘लैहर’ फिल्मले स्थानीय संस्कृतिको जगेर्ना गर्ने मात्र नभई, सांस्कृतिक विविधता र सामुदायिक एकताको सन्देशसमेत दिने अपेक्षा गरिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑