• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुखीपुर नगरपािलकामा व्यतिथिको च्याङ, विरुद्धमा पाँच दलीय मोर्चा तयार

नेपाल पोस्ट दैनिक
    August 28, 2025  मा प्रकाशित

Spread the love
      

लहान, भदौ ११ । सुखिपुर नगरपालिकाका व्यतिथिको च्याङ लागेको छ । नगरमा भ्रष्टाचार, अनियमितता र दुरुपयोग गरेको आरोप लगाउँदै पाँच दलीय मोर्चाले नगरसभाको बैठक बहिष्कार समेत गरेको छ। उक्त पाँच दलीय मोर्चाले बुधबार पत्रकार सम्मेलन मार्फत नगरपालिका भित्र भइरहेको बेथिति, अनियमितता र जनविरोधी गतिविधि सार्वजनिक गर्दै विरोध गरेको हो ।
बिरोध कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र जनता समाजवादी पार्टीले संयुक्त रुपमा नगरसभाको बहिष्कार घोषणा गरेका हुन् । उनीहरुले नगर प्रमुख राम औतार यादवको नेतृत्वमा सुखिपुर नगरपालिका भित्र बजेट दुरुपयोग, योजनामा मनपरी, नातावादका आधारमा विकास निर्माणका ठेक्का वितरण, अनावश्यक खर्च र जनताले पाउने सेवा सुविधामा ठुलो कटौती भएको आरोप लगाएका छन् ।
संयुक्त मोर्चाका नेताहरुले नगरपालिकाको योजना तर्जुमा गर्दा जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय नागरिकलाई उपेक्षा गरिएको, योजनामा पारदर्शिता नदेखिएको र सम्पूर्ण काममा ठेकेदार र दलालको हालीमुहाली मात्र देखिएको उनीहरुको आरोप छ।
सम्मेलनमा बोल्दै नेपाली कांग्रेस सुखिपुर नगर समिति सभापति मिथुन कुमार यादवले भने, “नगर प्रमुख यादवले नगरपालिकालाई आफ्नो व्यक्तिगत जागिर बनाएका छन्। विकासभन्दा बढी भ्रष्टाचारलाई प्राथमिकता दिइएको छ। यस्तो अवस्थामा हामी मौन बस्दैनौं।”
त्यस्तै जसपा नेपालका नेता जीबछ यादवले नगरपालिकामा भएका कामकाज जनप्रतिनिधिको सहमतिबिना गरिँदा पारदर्शिताको खडेरी देखिएको बताए। उनका अनुसार नगर प्रमुखले कार्यपालिका बैठकलाई औपचारिकतामा मात्र सीमित बनाएका छन् र बजेट खर्चमा गम्भीर अनियमितता भएको प्रमाण पनि सार्वजनिक भएको छ।
पाँच दलीय मोर्चाले नगरसभाको बहिष्कार गर्नुको कारण जनतालाई बुझाउँदै भनेका छन्– “नगर प्रमुख यादवले जनप्रतिनिधि र सरोकारवालाको सल्लाह बेवास्ता गर्दै मनपरी शासन चलाएका छन्। भ्रष्टाचार र अनियमितताले चरम सीमा नाघेकाले हामी नगरसभामा सहभागी हुन सक्दैनौं।” संयुक्त मोर्चाले नगर प्रमुख यादवलाई तत्काल भ्रष्टाचारको छानबिन गर्न, दुरुपयोग भएको बजेट फिर्ता गर्न र भविष्यमा पारदर्शी शासन प्रणाली सुनिश्चित गर्न आग्रह गरेको छ।
स्थानीय नागरिकहरुले पनि नगर प्रमुख माथि लगाइएका आरोपप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनीहरुले पत्रकार सम्मेलनमा पाँच दलीय मोर्चाको निर्णयलाई समर्थन जनाउँदै जनताको पैसा सही ठाउँमा प्रयोग गर्नुपर्ने बताएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑