• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बलान विहुल युवा सञ्जालको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम

नेपाल पोस्ट दैनिक
    August 7, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी,लहान, २२ साउन । सप्तरीको बलान विहुल गाउँपालिका–१, मल्हनियाँमा बलान विहुल युवा सञ्जालले प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

कार्यक्रममा कार्यपालिका सदस्य संजीव कुमार शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित रहे। कार्यक्रमको सञ्चालन सरोज कुमार चौधरीले गरेका थिए भने युवा नेता देव नारायण चौधरीले अतिथिहरूलाई स्वागत गरेका थिए।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ। सम्मानित व्यक्तिहरू मध्ये १ का जेष्ठ नागरिक, वर्तमान जनप्रतिनिधि, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, सञ्जाल सदस्यका अभिभावक, अपांगता भएका व्यक्ति, कलाकार, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, रक्तदान टोलीलगायतको सहभागिता रहेको थियो। विशेष रूपमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी श्याम सुन्दर मण्डल, सृष्टि कुमारी चौधरी र ज्योती कुमारी मण्डल लाई सम्मान गरिएको थियो।
कार्यक्रममा बलान बिहुल गाउँपालिकाका कार्यपालिका सदस्य सन्तोष कुमार साह, नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद शर्मा, लहान नगरपालिकाका शिक्षा शाखा प्रमुख अमिरी कुमार यादव, सामाजिक अभियन्ता पवन शर्मा, युवा नेता जितेन्द्र यादव, अशोक यादव, नाथु चौधरी, रामेश्वर यादव, स्वास्थ्य संयोजक मो. खालिद, सञ्जालका सल्लाहकार दुर्गा प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम बलान विहुल युवा सञ्जालको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी लहान शाखाको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको हो। स्थानीय स्तरमा युवाहरूको सक्रियता, सामाजिक चेतना र सहयोगको भावना झल्काउने यस कार्यक्रमले सामुदायिक एकता र सेवाको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो।
सामाजिक उत्तरदायित्व र सामुदायिक सेवामा अग्रसर रहँदै आयोजित कार्यक्रम बलान विहुल युवा सञ्जालका अध्यक्ष मुकेश कुमार रामको अध्यक्षतामा सम्पन्न भएको थियो भने बलान विहुल गाउँपालिका १ का वडा अध्यक्ष राम कुमार यादव प्रमुख अतिथि थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑