शम्भु चौधरी, लहान १९ साउन । राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको टोकन मेशिन बिग्रिदा बिरामीलाई चेकजाँच गराउन सास्ती भएका छन । टोकन सिस्टम भएको भए सबै बिरामी लाईन बाई लाईन गरी चेकजाँच गराउन सजिलो हुन्थ्यो तर टोकन नभएको खण्डमा चेकजाँच गराउन भिर भराकाको सामना गर्नु पर्ने एक बिरामी महेन्द्र ठाकुरले बताए ।
मेशिन साउन २ शुक्रबारको दिन देखि नै बिग्रेको अस्पताल स्रोतले बताए ।

त्यति मात्र नभई टोकन मेशिान बिग्रेको कारणले गर्दा पुर्जा पनि हेरफेर गरि दिन्छ, आफनो या चिनजानको मान्छेको पुर्जा अगाडी गरि दिने गरेको अर्का एक बिरामी शशिकला कुमारी महतोले आरोप लगाईन । मेरो पुर्जा पाँच नम्बरमा थियो आठ नम्बर गई सकियो तै पनि मेरो पालो नआएको महतोले बताईन ।
यता अस्पतालका अध्यक्ष शत्रुधन प्रसाद मणडल अस्पताल अनुगमन गर्ने क्रममा टोकन मेशिन बिग्रेको थाहा पाएका छन । अध्यक्ष मणडल भन्छ मलाई मेशिन बिग्रेको कुरा थाहा थिएन आज थाहा पाएको छु । अब चाडै नै प्राविधिक ल्याई बनाउने छु ।
अस्पताल जस्तो सम्वेदनशिल ठाउँमा चाडै नै सबै कुरामा ध्यान पुरयाउन आवश्यक देखिनछ ।