• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पाँच दिने नेतृत्व विकास तालिम सम्पन्न, ५० भन्दा युवायुवती लाभान्वित

नेपाल पोस्ट दैनिक
    July 4, 2025  मा प्रकाशित

Spread the love
      

सचिता सिंह थारु, लहान २० असार । सिरहा जिल्लाको औरही गाउँपालिकामा आयोजित पाँच दिने नेतृत्व विकास तालिम बिहीबार सम्पन्न भएको छ। असार १५ गतेदेखि सुरु भएको उक्त तालिम सिरहा टाइम्स मिडिया हाउस प्रा.लि. सिरहाको आयोजनामा र औरही गाउँपालिकाको सहयोगमा सम्पन्न भएको हो। ूयुवा सशक्तिकरणका लागि नेतृत्व विकास तालिम भन्ने मूल नारासहित सम्पन्न तालिममा औरही गाउँपालिकाका पाँच वडाबाट करिब ५० जना भन्दा युवायुवतीहरुको सहभागिता रहेको थियो।
तालिमको उद्देश्य गाउँमा रहेका युवा शक्तिलाई नेतृत्व क्षमता सम्पन्न बनाउनु, सामाजिक गतिविधिमा सक्रियता बढाउनु र जिम्मेवार नागरिकको भूमिकामा तयार गर्नु रहेको आयोजकले जनाएको छ। तालिमको उद्घाटनदेखि समापनसम्म विभिन्न सत्रहरुमा प्रशिक्षकहरू शम्भु प्रसाद चौधरी, लाल बिहारी (एलबी) यादव, महेश सिंह महतो, चन्द्रकान्त चौधरी र मो. रहमुल राइनले सहभागिहरूलाई नेतृत्व विकास, सार्वजनिक बोलचाल, सामाजिक संजालको सदुपयोग, समूह निर्माण, निर्णय क्षमताको विकास लगायत विषयमा अभ्यास सहित प्रशिक्षण दिएका थिए।

तालिम समापन समारोहको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रेनु कुमारी यादव रहनुभयो भने कार्यक्रमको अध्यक्षता सिरहा टाइम्स मिडिया हाउस प्रा.लि. सिरहाका अध्यक्ष ओम प्रकाश यादव ले गर्नुभएको थियो। तालिमको अन्तिम दिन प्रशिक्षक शम्भु चौधरीले समापन सत्र सञ्चालन गर्नुका साथै सहभागीहरूसँग तालिमका अनुभव आदानप्रदान गर्नुभएको थियो।
समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुनुभएका राष्ट्रिय समाचार समिति सिरहाका प्रमुख सुदीप राउतले तालिमको स्तरीयता र प्रभावकारिताको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय तहको सक्रिय सहभागिता र मिडिया संस्थाको पहलले गाउँस्तरमा ठूला परिवर्तन ल्याउन सक्ने बताउँदै सहभागी युवाहरूले तालिममा सिकेका सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
प्रेस मञ्च सिरहाका अध्यक्ष समेत रहेका प्रशिक्षक महेश सिंहले तालिमका क्रममा युवाहरूको सक्रिय सहभागिता, जिज्ञासा र आत्मविश्वासले आफूलाई हर्षित बनाएको बताउँदै यस्ता तालिमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी सम्पूर्ण युवायुवतीहरुलाई आयोजक संस्था तथा गाउँपालिका कार्यालयको तर्फबाट प्रमाण पत्र वितरण गर्नुका साथै गम्छा र उत्कृष्ट कालो पिठ्यु ब्याग प्रदान गरिएको थियो। सहभागीहरु मध्येबाट सन्तोष कुमार यादव र काजल कुमारी ठाकुरले तालिमबाट आफूहरुले नेतृत्व क्षमताको विकास, टीमवर्क, आत्मविश्वास अभिवृद्धि, सहकार्य र सार्वजनिक सम्बोधन जस्ता धेरै कुरा सिकेको अनुभव सुनाए।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि गा पा उपाध्यक्ष यादवले तालिमको सफलतामा प्रशिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै सम्पूर्ण प्रशिक्षक र आयोजक संस्थालाई धन्यवाद दिनुभयो। उहाँले यस्ता तालिमहरूले युवाहरूमा जिम्मेवारी बोध, आत्मबल र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत गाउँपालिकाबाट यस्ता कार्यक्रमलाई प्राथमिकता दिइने जानकारी दिनुभयो।
कार्यक्रममा अन्य वक्ताहरूले गाउँमा क्रियाशील युवा संगठनहरूलाई अझ सशक्त बनाउन, समावेशी र प्रभावकारी तालिममार्फत अवसर प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
तालिम समापनको अवसरमा सहभागि युवाहरुले “यो तालिम हाम्रो जीवनको एउटा महत्वपूर्ण मोड हो” भन्दै अनुभूति साझेदारी गरे। कार्यक्रमको अन्त्यमा आयोजक संस्था सिरहा टाइम्स मिडिया प्रा लि का अध्यक्ष यादवले सम्पूर्ण सहयोगदाताहरू, प्रशिक्षक, सहभागी र गाउँपालिकालाई धन्यवाद दिँदै भविष्यमा पनि सामाजिक परिवर्तनका अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑