• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सभापति यादवमाथि एमाले नेता साहको असभ्य भाषा प्रयोग, महासंघद्वारा कारबाहीको माग

नेपाल पोस्ट दैनिक
    July 3, 2025  मा प्रकाशित

Spread the love
      

लहान १९ असार । नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादवमाथि नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहले असभ्य भाषा प्रयोग गर्दै सामाजिक सञ्जाल मार्फत् गम्भीर आरोप लगाएका छन्। साहले वर्षौं पुरानो भिडियो सार्वजनिक गरेको विषय उठाउँदै यादवको चरित्र हत्या गर्न खोजेको भन्दै आलोचना भइरहेको छ। साहले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै “खाते” जस्ता अमर्यादित शब्द प्रयोग गरेका छन्। तर उनले कुन भिडियो, कस्को भिडियो भन्ने स्पष्ट उल्लेख गरेका छैनन्। तर पनि ती शब्द पत्रकार महासंघका सभापति यादवलाई लक्षित गरी प्रयोग गरिएको भन्दै त्यसको चर्को विरोध भएको छ ।

यो विषय सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ सिरहाले विज्ञप्ति जारी गर्दै अध्यक्ष साहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघका सचिव मुकेश यादवद्वारा जारी विज्ञप्तिमा साहले भ्रमपूर्ण र बदनियतपूर्ण ढंगले आरोप लगाएको भन्दै कारबाहीको माग गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि कुनै भिडियो सामग्री सत्यतथ्यमा आधारित छ भने त्यसको प्रसारण गर्नु पत्रकारको अधिकार मात्र नभई कर्तव्य पनि हो।

तर त्यसलाई लिएर पत्रकार महासंघका सभापति यादवमाथि गालीगलौज गर्नु निन्दनीय मात्र नभई सम्पूर्ण पत्रकार समुदायप्रतिको अपमान पनि हो।” महासंघले अध्यक्ष साहको व्यवहारलाई प्रेस स्वतन्त्रता, पत्रकारको छविमाथि आक्रमण र नियोजित रुपमा चरित्र हत्या गर्न खोजिएको प्रयासको रूपमा लिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई माग गरिएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑