• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सडक स्तरोन्नतिको शिलान्यास, जनतामा उत्साह

नेपाल पोस्ट दैनिक
    June 13, 2025  मा प्रकाशित

Spread the love
      

लहान ३० जेठ । सिरहाको लक्ष्मीपुर पतारी पथरगाढादेखि सखुवानन्कारकटटीको भौरसम्मको सडक स्तरोन्नतिको काम आज औपचारिक रूपमा शुभारम्भ गरिएको छ। मधेश प्रदेश सभा सदस्य माननीय राजकुमार गुप्ताको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सडक स्तरोन्नति योजना लक्ष्मीपुर पतारी–पथलगाडा–भौर सडक स्तरोन्नति उपभोक्ता समिति, सिरहा को नेतृत्वमा निर्माण हुँदैछ। समितिको अध्यक्ष सन्तोष कुमार बादव रहेका छन्। योजना पारदर्शिता र जनसहभागिताका आधारमा उपभोक्ता समितिमार्फत कार्यान्वयनमा ल्याइएको हो। यस योजनाको लागि रु। २५,५६,५०७।८२ लागत अनुमान गरिएको छ, जसमा रु। १,५६,५०७।८२ जनश्रमदानमार्फत जुटाइनेछ भने बाँकी रु। २४,००,००० प्रदेश सरकारद्वारा प्रदान गरिनेछ। योजना २०८१ साल चैत ६ गते सम्झौता भएको हो र सोही दिन निर्माण कार्यसम्पादनका लागि उपभोक्ता समितिलाई कार्यादेश दिइएको थियो।
सडकको स्तरोन्नतिको आवश्यकता र महत्वबारे जोड दिँदै मधेस प्रदेश समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष दीपेश यादवले भने, “लक्ष्मीपुर पतारी वडा ४ को पत्थरगाडा र सखुवानन्कारकट्टी वडा १ को कटैया जोड्ने यो सडक स्थानीयका लागि अत्यन्त महत्त्वपूर्ण छ। विगतमा हिलो, खाल्टाखुल्टीका कारण आवतजावत कठिन थियो। अब यो सुधारसहितको बाटो निर्माणपछि जनजीवनमा सहजता आउने विश्वास लिइएको छ।” सडक स्तरोन्नतिको कार्य मधेस प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको निर्देशनमा सुरु गरिएको हो। योजनाको जिम्मेवारी पूर्वाधार विकास कार्यालय, सिरहाले लिएको छ। परियोजनाको नाम “लक्ष्मीपुर पतारी–पथलगाडा–भौर सडक स्तरोन्नति योजना” राखिएको छ। निर्माणस्थल पथलगाडा स्कुलदेखि भौरको हनुमान मन्दिरसम्म निर्धारण गरिएको छ।

निर्माण कार्य २०८२ साल जेठ ३० गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पूर्वाधार विकास कार्यालय, सिरहाका अनुसार योजना छनोटदेखि कार्यादेशसम्मका सबै प्रक्रिया पारदर्शी रूपमा सम्पन्न भएका छन्। स्थानीय जनश्रम प्रयोग, स्वामित्व भावना विकास, सहज अनुगमन र गुणस्तरीय निर्माणका लागि उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गरिँदैछ। यस सडक स्तरोन्नतिले लक्ष्मीपुर पतारीदेखि भौरसम्मको यातायात सञ्जाललाई मजबुत बनाउने छ। साथै, सामाजिक–आर्थिक गतिविधिमा समेत सहजता ल्याउने विश्वास गरिएको छ।

स्थानीय बासिन्दाहरू सडक स्तरोन्नति योजनाको सुरुवातप्रति उत्साहित देखिएका छन्। नागरिकहरू सडक निर्माणले दैनिक आवतजावत, बजार पहुँच, स्वास्थ्य तथा शिक्षा सेवामा प्रत्यक्ष सुधार आउने विश्वासका साथ निर्माण कार्य शीघ्र र गुणस्तरीय रूपमा सम्पन्न होस् भन्ने अपेक्षा राखिरहेका छन्। उपभोक्ता समितिका अध्यक्ष सन्तोष बादवले भने, “स्थानीय स्तरमै योजना कार्यान्वयन हुँदा जनश्रमदान, निगरानी र पारदर्शिता कायम रहन्छ। हामी सबैको सक्रिय सहभागितामार्फत गुणस्तरीय र समयमै योजना सम्पन्न गर्ने अठोट लिएका छौं।”

यो स्तरोन्नतिले लक्ष्मीपुर पतारी क्षेत्रको भौतिक पूर्वाधार सुदृढ गर्दै दीर्घकालीन विकासको जग बसाल्ने अपेक्षा गरिएको छ। योजनाले न केवल यातायात सहज बनाउनेछ, बरु गाउँको समग्र जीवनस्तर उकास्न पनि योगदान पुर्‍याउने जनाइएको छ।
कार्यक्रमको अध्यक्षता मधेस प्रदेश समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष दीपेश कुमार यादवले गरेका थिए। प्रमुख अतिथि सांसद गुप्तासँगै लक्ष्मीपुर पतारी वडा ४ का वडा अध्यक्ष अजय कुमार, जनता समाजवादी पार्टीका गाउपालिका अध्यक्ष नागेन्द्र कुमार यादव, तथा भगवानपुरका भूपु गापा अध्यक्ष बेचन यादव, जसपा नेपाल जिल्ला उप सचिब इन्दल कुमार मन्डल , पुर्ब वाडा अध्यक्ष महेन्द्र प्रसाद यादवका कार्यक्रममा विशेष अतिथि रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑