• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि ठोस पहल : दुई वर्षभित्र हजारौँ परिवार लाभान्वित हुने

नेपाल पोस्ट दैनिक
    June 6, 2025  मा प्रकाशित

Spread the love
      

लहान २३ जेठ  लहान । नगरपालिकामा वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि अगामी आर्थिक वर्षदेखि ठोस कार्यक्रम सञ्चालन गरिने भएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रतिनिधि र लहान नगरपालिकाका मेयर महेश चौधरी तथा प्रमुख प्रशासकीय अधिकृतबीच सोमबार भएको छलफलमा उक्त निर्णय गरिएको हो। छलफलमा सहभागी पक्षहरूबीच सहकार्यमा आर्थिक वर्ष २०८२/०८३ देखि वैकल्पिक ऊर्जा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सहमति जुटेको हो। उक्त योजनाअन्तर्गत आगामी दुई वर्षभित्र लहान नगरपालिकाभित्रका ४ हजार परिवारलाई डन्डक्सन (विद्युतीय चुलो), ५ हजार परिवारलाई सुधारिएको चुलो र १०० स्थानमा घरायसी बायोग्यास प्लान्ट जडान गरिने लक्ष्य राखिएको छ।

कार्यक्रममा सहभाजन अनुसार डन्डक्सन (इलेक्ट्रिक चुलो) वितरणमा लागत विभाजन यसप्रकार हुनेछः हरित जलवायु कोषले १० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, लहान नगरपालिकाले १९ प्रतिशत, र उपभोक्ताले २३ प्रतिशत व्यहोर्नेछन। त्यस्तै, तह ३ का सुधारिएको चुलोको हकमा हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले समान ४०-४० प्रतिशत, लहान नगरपालिकाले १५ प्रतिशत र उपभोक्ताले ५ प्रतिशत लागत व्यहोर्ने व्यवस्था गरिएको छ। यसैगरी, घरायसी बायोग्यास प्लान्ट जडानमा हरित जलवायु कोषले २८ प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४८ प्रतिशत, लहान नगरपालिकाले १० प्रतिशत र उपभोक्ताले १४ प्रतिशत लागत वहन गर्नुपर्नेछ।

नगरप्रमुख महेश चौधरीका अनुसार, “ऊर्जा सुरक्षासँगै वातावरण संरक्षणलाई ध्यानमा राखेर वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रमको तयारी गरिएको हो। यसले दीर्घकालीन रुपमा नगरवासीलाई दिगो ऊर्जा उपयोगतर्फ प्रेरित गर्नेछ।” छलफलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्रतिनिधिहरूले नगरपालिकासँग समन्वय गर्दै कार्यान्वयन पक्ष सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीतिगत सहकार्य तथा जनचेतनामूलक गतिविधिहरू पनि सञ्चालन गरिने जनाइएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑