• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विविध प्रजातिका बिरुवा रोप्दै ५२ औ विश्व वातावरण दिवस मनाइयो

नेपाल पोस्ट दैनिक
    June 5, 2025  मा प्रकाशित

Spread the love
      

लहान, २२ जेठ । “प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व” भन्ने मूल नाराका साथ लहान १५ को हात्तिदहमा ५२औ विश्व वातावरण दिवस भव्य रूपमा मनाइएको छ ।
कार्यक्रम अन्तर्गत लहान नगरपालिका वडा नं १५ मा विभिन्न प्रजातिका वनस्पति तथा फलफूलका बिरुवाहरू रोपेर वातावरण संरक्षणको सन्देश फैलाइएको छ । डिभिजन वन कार्यालय लहान, सिरहाका अनुसार यस्तो कार्यले हरित क्षेत्र विस्तार, जैविक विविधताको संरक्षण, र जलवायु सन्तुलनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
डिभिजन वन कार्यालय सिराहा, राष्ट्रिय कृषक समूह महासंघ नेपाल, कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समिति, लहान–१५ र संरक्षण अभियानको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, सञ्चारकर्मी, स्थानीय अगुवा, र सामुदायिक सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वक्ताहरूले वातावरण संरक्षणका विविध पक्षबारे धारणा राख्दै प्लास्टिकजन्य प्रदूषण आजको प्रमुख विश्वव्यापी चुनौती भएको औँल्याए। उनीहरूले स्थानीय तहमा सचेतना अभियान सञ्चालन गर्दै समुदायमैत्री गतिविधि गर्नुपर्नेमा जोड दिए।
डिभिजन वन कार्यालयका निमित्त अधिकृत मनोज कुमार कर्णले वातावरणको संरक्षण र सम्बर्द्धनमा सबै नागरिकले आ(आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए। “हरेक नागरिकले आफ्नो क्षेत्रमा कम्तीमा एउटा बिरुवा रोप्ने संकल्प गरेमा वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ,” उनले भने ।

कार्यक्रममा संचारकर्मी जीबछ चौधरीले जलवायु परिवर्तनका असरहरू ग्रामीण जीवनशैलीमा प्रत्यक्ष देखिन थालेको उल्लेख गर्दै वातावरणमैत्री अभ्यासलाई जीवनशैलीकै अङ्ग बनाउन आग्रह गरे । केही विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी कविता, चित्रकला, र छोटो नाटकसमेत प्रस्तुत गरेका थिए। यस्ता सिर्जनात्मक गतिविधिले उनीहरूमा वातावरणप्रतिको चेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा आयोजकहरूले व्यक्त गरे।
यस अवसरमा कोइरालो खोला नमूना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रूद्र नारायण चौधरिले सामुदायिक वनमार्फत स्थानीय तहमा हरियाली अभियानलाई निरन्तरता दिइने जानकारी गराएका थिए।
डिभिजन वन कार्यालय लहानले आगामी दिनमा जिल्लाका अन्य सामुदायिक वन क्षेत्रहरूमा समेत यस्ता अभियान सञ्चालन गर्ने योजना रहेको जनाएको छ । वातावरण संरक्षणको विषयमा स्थानीय समुदायलाई सक्रिय बनाउँदै दीर्घकालीन समाधानका लागि सहकार्य र सहभागिता बढाउनु आवश्यक रहेको वन कार्यालयका अधिकारी राधेश्याम चौधरीले बताए । कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाहरूको योगदान रहेको आयोजक संस्थाले बताएका छन्। उनीहरूका अनुसार वातावरण दिवस जस्तो महत्त्वपूर्ण अवसरमा गरिएको वृक्षारोपण अभियानले हरित प्रदेश निर्माणमा सन्देशमूलक भूमिका निर्वाह गरेको छ ।
कार्यक्रमको अध्यक्षता डिविजन वन कार्यालय लहानका निमित्त अधिकृत मनोज कुमार कर्ण, प्रमुख अतिथि लहान नगरपालिका–१५ का वडा अध्यक्ष तेज नारायण चौधरी थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरी, राष्ट्रिय कृषक समूह महासंघ नेपालकी प्रतिनिधि शोभा कुमारी पासमान, तथा संरक्षण परियोजनाका प्रतिनिधि टेनेंद्र र दीपेन्द्र साह कोईरालो सामुदायिक वन उपभोगता समितिका अध्यक्ष रुद्र नारायण चौधरी, बाबाजी सामुदायिक वन उपभोगता समितिका अध्यक्ष जागेश्वर चौधरीको उपस्थिति रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
  • स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    • पछिल्ला
    • लोकप्रिय
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो, नगर प्रमुख चौधरी
    स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप उपाधि
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑