• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपालमा १० महिनामै भित्रियो ६४ करोडको कोदो

नेपाल पोस्ट दैनिक
    June 4, 2025  मा प्रकाशित

Spread the love
      

लहान २१ जेठ । नेपाल कृषि प्रधान देश भए तापनि नेपाल सरकारको प्राथमिकता परेको छैन कोदो खेति । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनसार चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो १० महिनामा करिब ६४ करोड रुपैयाँभन्दा बढीको कोदो आयात भएको छ।
विभागका अनुसार, २०८१ साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा कूल ६४ करोड ३५ लाख २८ हजार रुपैयाँ बराबरको १२ हजार ८ सय ६० दशमलव २७ मेट्रिक टन कोदो विदेशबाट भित्रिएको छ। यस तथ्याङ्कले देशको कृषि उत्पादन र आत्मनिर्भरतामा गम्भीर प्रश्न खडा गरेको छ।
आयातित कोदोमध्ये अधिकांश खानका लागि प्रयोग हुने गरेको छ। तथ्याङ्कअनुसार, ६४ करोड ३३ लाख ५ हजार रुपैयाँको १२ हजार ८ सय ५६ दशमलव २० मेट्रिक टन कोदो आयात भएको छ। यसैगरी, बीउ प्रयोजनका लागि २ लाख २३ हजार रुपैयाँ मूल्यको ४ दशमलव ०७ मेट्रिक टन कोदो आयात भएको विभागले जनाएको छ।
उक्त परिमाणको कोदो आयात हुँदा सरकारले भन्सार शुल्कबापत ४ करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
एकातिर सरकारले कृषि उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्ने नीति लिएको बताउँदै आएको छ भने अर्कोतिर कोदो जस्तो रैथाने बालीमा समेत परनिर्भरता बढ्दै जानु चिन्ताको विषय बनेको छ। यसले नेपालको खाद्य सुरक्षा र कृषि क्षेत्रको दिगो विकासमा चुनौती थपिएको सरोकारवालाहरू बताउँछन्।
कुनै समयमा सम्वन्धित मंत्रालयका सचिवले भन्नु भएको थियो जापान सरकारले अनुदान सहयोगमा उपलव्ध गराएको चामल नेपाली जनताले खान पाएन । सबै चामल जाँड रक्सी उत्पादनमा प्रयोग भए । विशेष किसिमको चामल भएकोले जाँड रक्सी राम्रो वन्दथ्यो । यो कोदोको उपयोग पनि त्यही प्रयोजनको निमित्त भित्र्याईएका हुन सक्ने अनुमान गरिएकोछ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑