• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 20, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान मालपोत कार्यालयमा मेयर चौधरीको अनुगमन. प्रमुख निरौलाको गैरहाजिरी र विवादका कारण सेवाग्राही मर्कामा

नेपाल पोस्ट दैनिक
    June 3, 2025  मा प्रकाशित

Spread the love
      

लहान जेठ २० । लहान मालपोत कार्यालयका प्रमुख डमरु प्रसाद निरौला र त्यहाँका लेखापढी व्यवसायीबीच महिनौंदेखि चलिरहेको विवादले सेवाग्राहीहरूलाई गम्भीर समस्या उत्पन्न भएको भन्दै लहान नगरपालिकाका मेयर महेश चौधरीले आज मालपोत कार्यालयमा अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मेयर चौधरीले कार्यालयका प्रमुख अधिकृत निरौलाको नामप्लेट, हाजिरी तथा कार्यालयमा उपस्थिति नै नरहेको पाएका छन्। सो विषयमा प्रतिक्रिया दिँदै मेयर चौधरीले भने,कार्यालय प्रमुखको जिम्मेवारीमा बसेका व्यक्तिको यसरी निरन्तर अनुपस्थिति हुनु निकै गम्भीर विषय हो। यसको असर प्रत्यक्ष सेवाग्राहीमाथि परेको छ।ू

मेयरको प्रश्नको जवाफ दिँदै मालपोत कार्यालयका नायब सुब्बा अर्जुन मण्डलले प्रमुख निरौला मौखिक सूचना दिई बिदामा रहेको जानकारी दिए। उनले भने, कुनै लिखित निवेदन नआएको भए पनि मौखिक जानकारीका आधारमा उहाँ बिदामा हुनुहुन्छ। यसले कार्यालयको नियमित सेवा प्रभावित भएको हो।

यसैबीच, लहान ७ स्थित घण्टाघर नजिकै निर्माण भएको मालपोत कार्यालयको नयाँ भवनसँगै रहेको ४ कट्ठा ५ धुर सरकारी जग्गा प्रमुख निरौलाले आन्तरिक राजस्व कार्यालय लहानलाई लिजमा दिन लागेको भन्दै लेखापढी व्यवसायीहरूले कडा विरोध जनाएका छन्।

लहान लेखापढी व्यवसायी संघका अध्यक्ष राम नारायण यादवका अनुसार, उक्त जग्गा खारेज गरी राजस्व कार्यालयलाई लिजमा दिन खोजिएको जानकारीपछि हामी आन्दोलनमा उत्रन बाध्य भयौं। मालपोत कार्यालय प्रमुखले यस्तो कदम चाल्न पाइँदैन।
लेखापढी व्यवसायीहरूको आन्दोलन झनै चर्किएको छ जब प्रमुख निरौलाले झण्डै चार महिनादेखि कार्यालयमा नियमित उपस्थित नभएको र बेलुका ५–६ बजेतिर मात्र कार्यालयमा आएर हाजिरी गर्ने गरेको आरोप लागेको छ।

लेखापढी व्यवसायी संघका केन्द्रीय सदस्य दिनेश यादवले भने, निरौला दिनभरि कार्यालय आउँदैनन्, बेलुका आएर हाजिरी गर्छन् र दिनभरि लेखापढी व्यवसायीहरूसँग संकलित कमिसन रकम बटुल्छन्। त्यसपछि दारू र भारूको पछि लाग्ने गर्छन्। यस्तो कामले सरकारी सेवाको नै खिल्ली उडेको छ।

यस प्रकरणले लहान मालपोत कार्यालयमा गम्भीर प्रशासनिक कमजोरी उजागर गरेको छ। अनुगमनपछि मेयर चौधरीले सरोकारवाला निकायसँग छलफल गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
  • पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    • पछिल्ला
    • लोकप्रिय
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    प्रेमिकालाई नबोलाए हाम फाल्छु भन्ने युवक प्रहरीको नियन्त्रणमा
    आज , आजको दिन देखि छाला सम्बन्धि रोग हटने जनविश्वास
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑