लहान ,१५ जेठ — आज देशभर गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ। २०६५ सालमा नेपाललाई गणतन्त्र घोषणा गरिएको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ। यस अवसरमा सरकारले विभिन्न कार्यक्रम आयोजना गरेको थियो भने सर्वसाधारण नागरिकले पनि उत्साहका साथ सहभागीता जनाएका छन्।
राष्ट्रपतिद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा मुल समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताको संरक्षणका लागि सबैले एकजुट हुनुपर्ने बताइन्। उनले गणतन्त्र प्राप्तिका लागि गरेका बलिदानलाई स्मरण गर्दै संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयनमा जोड दिइन्।
सरकारका प्रवक्ताले भने, “गणतन्त्र स्थापनाले देशलाई नयाँ दिशातर्फ डो(याएको छ। अबको प्राथमिकता जनताको जीवनस्तर उकास्नु र सुशासन कायम गर्नु हो।”
यसैबीच, लहानमा पनि जनता समाजवादी पार्टी नेपाल गणतन्त्रले अपेक्षित परिवर्तन नल्याएको भन्दै आलोचना पनि गरेका छन्। उनीहरूले समावेशिता, समानता र न्यायको भावना अझै व्यवहारमा नआएको जिकिर गरेका थिए।
विश्लेषकहरूका अनुसार, गणतन्त्र सुदृढ गर्न सशक्त संस्थाहरू, जवाफदेह शासन र नागरिक सचेतनाको आवश्यक छ। उनीहरू भन्छन्, “गणतन्त्र कुनै अन्तिम गन्तव्य होइन, यो निरन्तर सुधारको प्रक्रिया हो।”
गणतन्त्र दिवसकै अवसर पारेर प्रादेशिक अस्पताल सिरहामा जिल्ल्ला उद्योग वाणिज्य संघको आयोजनामा फलफुल वितरण कार्यक्रम समेत सम्पन्न भयो।