• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

घरायसी विवादमा ६ जना गम्भीर घाइते

नेपाल पोस्ट दैनिक
    May 15, 2025  मा प्रकाशित

Spread the love

लहान १ जेठ । सिरहाको भगवानपुर गाउँपालिका ३ अभयनगरमा घरायसी विवादले हिंसात्मक रुप लिँदा ६ जना गम्भीर घाइते भएका छन् । स्थानीय स्तरको सामान्य देखिने झगडा अचानक उग्र बन्दै जाँदा लाठी, ढुंगा र अन्य घरेलु हतियार प्रयोग भएको र त्यसक्रममा पत्रकारसहित थप तीन जना पनि सामान्य घाइते भएको छ।
घटनामा गम्भीर घाइते भएकामध्ये अन्दाजी ९७ वर्षीय रामप्रसाद यादवको टाउकोमा गम्भीर चोट लागेको छ। उनीसहित मलभोगिया देवी यादव वर्ष ३५, देव नारायण यादव वर्ष ३६, ललिला देवी यादव वर्ष ३५, सूरज कुमार यादव वर्ष १८ र बिरेन्द्र कुमार यादव वर्ष २९ को गम्भीर घाइते भएका छन्। सबै घाइतेहरुको अहिले लहानस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको प्रारम्भिक कारण अनुसार पीडित पक्ष घर बनाउने क्रममा घरको छानोमा जस्ताले छाएको भागबाट वर्षातको पानी छिमेकीको जमिनमा झर्ने छ भने विषयमा विवाद सुरु भएको थियो । यतिसम्म कि सानो भनाभनले उग्र रुप लिँदै हात हालाहाल, लाठी प्रहार र ढुंगामुढासम्मको स्थिति सिर्जना भयो ।
पीडित पक्षका एकजना, १८ वर्षीय सूरज कुमार यादवका अनुसार छिमेकीले तपाईंको घरको पानी हाम्रो जमिनमा झर्‍यो भन्दै झगडा सुरु गरे। भनाभनले तिव्रता लिँदा छिमेकी पक्षबाट हातहतियार प्रयोग गरी आफूहरूलाई आक्रमण गरिएको उनले बताए । घर बनाउने निहुँमा पानी झर्‍यो भन्दै अचानक कुटपिट सुरु भयो, उनले गम्भीर चोट लागेको अवस्थामा भने।
घटनाको जानकारी पाएलगत्तै एबी न्यूज फोर के का सञ्चारकर्मी मनु यादव घटना स्थल पुगेका थिए। उनले घटनास्थलको अवस्था हेर्दै भिडलाई रोक्न र स्थिति सामान्य पार्न प्रयास गरेका थिए । तर अवस्था अत्यधिक तनावग्रस्त भएकोले उनीसहित थप दुई जना पत्रकारहरूलाई समेत सामान्य चोट लागेको जानकारी दिएका छन्।
मनु यादवले बताएअनुसार, स्थानीय बासिन्दाहरूबीचको पुरानै मनमुटावले पनि यसपटकको विवादलाई चर्काएको छ । वास्तवमा विषय सामान्य थियो, तर दुबै पक्षबीच पहिले देखिको तनावले आज हिंसात्मक रूप लियो उनले भने।
घटना लगत्तै स्थानीय प्रहरी चौकी, ठाडी प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थल पुगेका थिए। प्रहरीका अनुसार झगडाको खबर पाएपछि तत्काल टोली परिचालन गरिएको र पुग्दा दुबै पक्षबाट मानिसहरू घाइते अवस्थामा थिए। हामी पुग्दा अवस्था निकै तनाबपूर्ण थियो। तत्काल दुबै पक्षका घाइतेलाई अस्पताल पठायौं एक प्रहरी अधिकृतले जानकारी दिए।
यस घटनाले पुनः एक पटक स्थानीय स्तरमा देखिएको सामाजिक असहिष्णुता, कमजोर संवाद क्षमता र सानोतिनो विवादलाई सुल्झाउने संयन्त्रको अभाव झल्काएको छ। जहाँ घर बनाउने, पानी झर्ने जस्ता साधारण विषयहरू पनि हिंसात्मक टकरावमा परिणत हुँदैछन्।
स्थानीय तह, प्रहरी प्रशासन तथा नागरिक समाजको ध्यान अब यस्ता घटनाहरूको रोकथामतर्फ जानुपर्ने आवश्यकता देखिएको छ। स्थानीय नेताहरू, बुद्धिजीवीहरू र समाजसेवीहरूले समयमै हस्तक्षेप नगरे हिंसात्मक घटनाहरू अझ बढ्ने जोखिम छ।अहिले गम्भीर घाइतेहरू अस्पतालमा उपचाररत छन् र उनीहरूको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन्।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
  • लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑