शम्भु चौधरी, लहान २० बैशाख । धनगढीमाई नगरपालिका २ मा १५ शैयाको स्वास्थ्य चौकी निर्माण हुने भएको छ । त्यसको लागी वडा २ कै जिबरलि मियाँले आफनो श्रीमति जहिदा खातुनकी नाममा रहेको नम्बरी जग्गा ७ कठ्ठा दान गरेको वडा अध्यक्ष हमिद मियाँले बताए ।
माननिय तथा नेपाली कांग्रैसको जिल्ला सभापति रामचन्द्र यादवको पहलमा संघिय सरकारको बजेटबाट निर्माण हुन लागेको स्वास्थ चौकी निर्माणको लागि रु. ४० लाख बजेट विनियोजन भएको सभापति यादवले बताए । उपभोक्ता समिति मार्फत निर्माण हुने स्वास्थ चौकी यसै आर्थिक मसान्तसम्ममा निर्माण गरिसक्ने बताएका छन् । सभापति यादवका अनुसार वडा नं. २ वडा नं. ७ मा स्वास्थ चौकी निर्माण, वडा भरीमा १० वटा इनार, ठुलो डिप बोर्डिगं तथा आफ्नै व्यक्तिगत लगानीमा बाटो घाटो मर्मतसंगै विधुतीकरणका कामहरु गरेको बताए ।
यता जग्गा दाता मो. जिवरिल मियाँका ३ छोरा २ छोरी गरि ५ छोराछोरी रहेछन् । मियाको जम्म जग्गा ५ विघा रहेको बताए । सामाजिक सदभाव, एकता र सहि सुन्यताको लागि हिन्दु र मुसलिम बिच भाइचाराको नाता कायम गर्न जग्गा दान गरेको दाता मियाँले बताए । वडा २ मा २ सय घरधुरी मुसलिम समुदायहरु रहेका छन् ।
स्थास्थ चौकीका लागि १६ फिट बाटो समेत दिने सामाजिक निर्णय भएको छ । बाटोमा पर्ने जग्गा दाताहरु हसिरन खातुन, मो. नसरुदिन, सुक्नी मियाइन, पलास देवी राय, पुनिता देवी राय, राजेन्द्र गिरी बाटो दिने सहमति कागजमा सहि छाप गरेको वडा अध्यक्ष हमिद मियाले बताए ।
वडा अध्यक्ष मियाँका अनुसार यास अस्पतालले सम्पुर्ण हिन्दु तथा मुस्लिम समुदायका मानिसहरुलाई समयमा नै सेवा पुग्ने बताए । साथै यस स्थास्थ्य चौकीलाई क्रमवद्ध रुपमा विस्तार गर्ने अध्यक्ष मियाँले बताए ।