संजू कुमारी दास,लाहान,सिरहा १३ चैत्र,। गोलबजार नगरपालिकाको १३ औं वडाका ३० जना किशोरी हरुको सहभागितामा उनीहरुको आफ्नै शरीरको भित्रि र बाहीरी विभिन्न प्रजनन् अंगहरुबारे गहीरीएर बुझ्न र त्यलाई स्वस्थ्य राख्ने सीपको विकाश होस् भनी मुक्ति नेपाल गोलबजारले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि ३ दीने तालिम सम्मपन्न गरेको छ ।
उक्त कार्यक्रममा लिंङ्ग र लैङ्गिकता भनेको केहो रु लैङ्गिक हिंसा भनेको के हो, यो कती प्रकारको हुन्छ, हाम्रो समाजमा व्याप्त हानीकारक परम्परागत सामाजिक अभ्यासहरु के कस्तो छ, यसले महिला वा किशोरीहरुको स्वास्थ्यमा कसरी असर पारी रहेको छ रु विषयमा मुक्ति नेपालकी अभ्यक्ष देवकुमारी महराले विस्तृत रुपमा छलफल गरी किशो्रीहरुलाई यस्ता कुराहरुबारे सचेत गराउनु भएको थियो भने, किशोरा अवस्था र प्रजनन् स्वास्थ्य, महिना बारी र स्वच्छता,गर्भ पतन र कानुनी प्रावधान बारे जनकारी गराउदै यस अवस्थामा हुने शारिरीक परिवर्तनका साथै मानसिक वा सम्वेगात्मक र सामाजिक परिवर्तन, यौन व्यवहार र यौन दुर्वेयवहार के हो रु यसका प्रकार हरु र हाम्रो समाजमा रहेको अभ्यास हरु, किशोरा अवस्थामा हुने मानसिक समस्या, सामाजिक अवस्था र मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन गर्ने उपायहरु बारे पनि छलफल गरीएको थियो ।
कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि गोलबजार नगरपालिका की नगर उप प्रमुख मानती साहले यस प्रकारका तालिम हाम्रो समाजमा अति आवश्यक रहेको र यहाँ सिकेका कुराहरु सबै किशोरीहरु आफ्नो व्यवहारमा पनि लागु गर्नु आवश्यक रहेको बताउदै समाजमा रहेको अभ्यासले गर्दा धेरै विवाह, भागि विवाह हुने भएकोले यस प्रति पनि सचेत हुन किशोरीहरुलाई आग्रह गर्नु भयो साथै कुनै पनि समस्या परेमा निर्धक्क भई नगरपालिकामा आएर आफ्नो समस्या राख्न पनि बताउनु भयो र त्यस्ता समस्याका सामाधानका लागि हामी छौं हामी सक्दो सबै प्रयास गर्ने छौ भनी प्रतिबद्धता जनाउनु भयो ।
प्रशिक्षक तेज कुमारी श्रेष्ठले भन्नु हुन्छ वास्तवमा यस्ता कुराहरु पाठ्यक्रममा समावेश भए पनि खुलेर बुझाउने चलन हाम्रो घर र विद्यालयहरुमा छैन जसले गर्दा प्रजनन् स्वास्थ्यलाइ हेर्ने हो भने सयमा तीन वा चार प्रतिशत महिला मात्र पुर्णरुपमा स्वस्थ्य रहेको एउटा तथ्याङ्कले देखाएको छ । त्यसैले यस विषयमा किशोर किशोरी र अभिभावक पनि जानकार हुनु जरुरी छ ।
मुक्ति नेपालकी मनो विमर्शकर्ता कामना साहले भन्नु हुन्छ प्रायः किशोरी हरु आफ्नो समस्या हरु पोख्ने ठाउ न पाएर भित्र भित्रै राखेर, पछि ठुलो मनोसामाजिक समस्यामा पर्ने गरेको हुन्छ र हाम्रो समाजमा त्यसलाइ भुत पे्रत लाग्यो भनी अंधविश्वासमा परेर सही परामर्श र उपचारको अभावले यस्ता समस्या झन् बढेर गई रहेको अवस्था छ । त्यसैले यस्ता कुराहरुमा हामी सबै लाग्नु आवश्यक छ ।
त्यस्तै मनोविमर्शकर्ता शशी यादव भन्नु हुन्छ, किशोरीहरुले आफ्नो समस्या सेयर गर्दा प्रायः गोपनियता भंग हन्छ की रु भन्ने डरले भन्दै न भनेको अवस्थाहरु हेर्दै आएकी छु जसले किशोरीहरु मात्रै न भई यस्ता समस्यामा महिला, पुरुष, युवा, बृद्ध सबै प्रभावित भएको देखिन्छन् । अहिले प्रतेक पालिकामा मनोपरामर्श कर्ता छन् । त्यसैले समस्याका लक्षणहरु देखिन बित्तिकै मनोविमर्श सेवाका लागि परामर्श कर्ता संग परामर्श लीइ, उचीत ठाउमा सल्लाह अनुरुप उपचार पनि गराउनु पर्ने हुन्छ ।
गोलबजार ९ डण्डाकी किशोरी सपना पासमानले हामीलाई यस्ता कुरा न घर मा कसैले भनेको थियो न स्कुलमानै, पैड प्रयोग गरेपछि त्यसलाई व्यवस्थापन गर्न सबै भन्दा राम्रो उपाउ जलाउनु हो भनी हामीले बुझ्यौ तर हाम्रो गांवमा महिनाबारी भएको समयमा प्रयोग गरेको वस्तु जलाउनु हुदैन, त्यस्तो गरेमा बाझोपन हुन्छ भनी हाम्री आमालेनै भन्नु हुन्छ । हामीले यस्तो हुदैन त्यो फोहोर फैलाउनु भन्दा जलाए केही हुदैन भने पनि हाम्रो कुरा मान्दैन । र हामी पनि आमा बाबाको कुरा सही भए पनि गलत भए पनि मान्न बाध्य हुन्छौं ।
गोलबजार ४ चौहर्वा की रुबी महतोले हामी अहिले सम्म यस्ता तालिम कतै पनि लिएकै थिएन । म एकदमै खुशी छु की म यस तालिममा सहभागि हुन पाए । आगामी दीनमा पनि यस्तै अन्य विषयहरुमा अझै तालिमको अपेक्षा छ । मनोसामाजिक समस्याको उपचारका लागि साइकेटीस डाक्टर सिरहा जिलामा सामुदायिक अस्पतालहरुमा आवश्यक छन् तर हाम्रो जिलामा अभाव रहेको बुझे । लाहानको प्रदेशिक अस्पतालमा सप्ताह को एक दीन बुधबार मात्र, बस्नु हुन्छ भन्ने कुरा थाहा पाए । त्यसैले हाम्रो पालिकामा पनि यस्ता व्यवस्था हुनु पर्छ भनी माग गरेकी थिइन ।
तालिम को तीनै दीन सहजकर्ता को रुपमा मुक्ति नेपालका कार्यक्रम संयोजक बिशेश्वर दास, कार्यक्रम तथा अभिलेखन अधिकृत संजु कुमारी दास, सामाजिक परिचालक अंजली मण्डल, सुरज साह लागायतको टीमले किशोरीहरुलाई सहजता महसुस होस् भनी विभिन्न खेल, अन्तरक्रिया र मनोरन्जन गराइ तालिमलाई सक्रिय रुपमा चलाई समापन गरीएको छ ।