शम्भु चौधरी लहान १० चैत्र । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित तेस्रो लहान मेयर गोल्डकप फुटवल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
हिम कस्तुरी युवा क्लब लहानको आयोजनामा लहान नगरपालिकाको प्रमुख प्रायोजनमा हुने प्रतियोगिता चैत ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। आयोजक क्लबका अध्यक्ष शम्भु चौधरीले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे बताए ।
प्रतियोगितामा विभिन्न जिल्लाका १० टिमहरूको सहभागिता रहनेछ। उदघाटन खेल चात्या सा पुस्तकालय झपा दमक र सशस्त्र प्रहरी वल पथलैया बारा बिच हुने लहान १ का वडा अध्यक्ष युगल किसोर चौधरीले बताए ।
खेलको प्रथम पुरस्कार नगद २ लाख ११ हजार र द्वितीय पुरस्कार १ लाख ११ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको कुल अनुमानित लागत ३२ लाख १५ हजार रुपैयाँ रहेको छ भने लहान नगरपालिकाले २५ लाख र अन्य प्रायोजन मार्फत ७ लाख ५० हजार आम्दानी हुने अपेक्षा गरिएको छ।