शम्भु चौधरी लहान ६ चैत्र । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवारहरूले प्यानल सहित जित हात पारेृका छन्।
स्ववियू सभापतिमा नेविसंघका रोहित कुमार राउत विजयी भएका छन्। उनले ५७५ मत ल्याएर निकटतम प्रतिद्धनद्धीसंग १४४ मतान्तरले जित हासिल गरेका छन। निकटतम प्रतिस्पर्धी अनेरास्ववियूका सभापति उम्मेदवार मनिष कुमार चौधरीले ४३१ मत प्राप्त गरेका छन्। विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियू एसको संयुक्त मोर्चाबाट सभापति उम्मेदवार बनेका ललित यादवले भने केवल ९७ मत प्राप्त गरेका छन्।
निर्वाचनका क्रममा क्याम्पस परिसरमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। मतगणना सकिएपछि विजयी उम्मेदवारहरूले विद्यार्थीहरूको हकहितका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।