• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपालमा ८ मार्च अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको इतिहास

नेपाल पोस्ट दैनिक
    March 9, 2025  मा प्रकाशित

Spread the love
      

सन्जु कुमारी दास लाहान, सिराहा । यसको सुरुवात ८ मार्च १९०८ मा न्युयोर्क सिटी अमेरिकाका करिब १५ हजार महिला श्रमिकहरूले आफ्नो श्रम अधिकारका लागि प्रदर्शन संगै भएको बुझिन्छ । उनीहरूले त्यतिबेला कम कार्यघण्टा, उचित तलब र मतदान अधिकारको माग गरेका थिए ।

त्यस्तै १९०९ मा डेनमार्कको कोपेनहेगनमा भएको समाजवादी अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मन महिला नेत्री कलाराज जेटकिनले अन्तर्राष्ट्रिय महिला दिवस मनाउन प्रस्ताव राख्यो । जुन प्रस्ताव १७ देशका प्रतिनिधिहरूले अनुमोदन गरे र पहिलो अन्तर्राष्ट्रिय महिला दिवस १९११ को मार्च १९ मा जर्मन अस्ट्रेलिया डेनमार्क र स्विजरल्यान्डमा महिलाहरुले मनाएका थिए । यसै वर्ष न्युयोर्कमा ट्रयाङ्गल सिर्टवेस्ट फ्याक्ट्रीमा आगलागी हुँदा १४६ जना महिला श्रमिकहरूको मृत्यु भयो । जसले श्रम अधिकारका लागि लड्नु पर्ने आवश्यकता झन् प्रबल बनायो ।

यसका लागि आन्दोलनहरू भइरहे । पछि सोभियत संघले ८ मार्चलाई आधिकारिक सार्वजनिक विधा घोषणा गरियो । संयुक्त राष्ट्र संघ युएनले १९७५ मा मार्च ८ लाई आधिकारिक रुपमा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा घोषणा गर्यो । १९७७ मा यूएनले महिलाहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई ८ मार्चलाई महिला दिवसका रुपमा स्वीकार्न आह्वान गर्यो । हाल यो दिवस महिला अधिकार श्रम सुरक्षा समानता हिंसामुक्त समाज तथा नेतृत्वमा महिलाको सहभागिता बढाउने उद्देश्यले ८ मार्च विश्वभर विविध कार्यक्रमहरु गरी मनाइन्छ । श्रमिक महिलाको सङ्घर्ष बलिदान र अधिकार प्राप्तिका लागि भएको आन्दोलन पछि महिलाहरूको श्रम अधिकार समानता तथा समावेशिता विकासलाई प्रवर्धन गर्न यस दिन लाई महिला हरुको उत्सव को रूपमा मनाउन थालिएको हो ।

नेपालको महिला श्रम आन्दोलनको इतिहास करिब एक शताब्दी पुरानो छ । विभिन्न कालखण्डमा महिलाहरूले श्रम अधिकारका लागि संघर्ष गर्दै आएका छन्। नेपालमा श्रम आन्दोलनको सुरुवात राणाकालपछि २०४७ सालमा विराटनगर जुटमिलको मजदुर आन्दोलन नेपालकै पहिलो श्रमिक आन्दोलन थियो जसमा पुरुषसँगै महिलाहरूको पनि सहभागिता थियो । १०५१ सालको प्रजातन्त्र प्राप्तिपछि महिला श्रमिकहरूको स्थिति सुधार गर्न थोरै भए पनि महिलाहरू श्रम क्षेत्रमा कमजोर अवस्थामै थिए ।

१९६० देखि १९९० मा पञ्चायती शासनको समयमा ट्रेड युनियन गतिविधिहरू प्रतिबन्धित भए जसले महिला श्रमिकको आवाज दबाउने काम गरेको थियो । तर केही महिला श्रमिक संगठनहरु भूमिगत रुपमा क्रियाशील रहे । १९८० को दशकपछि महिलाहरू बिस्तारै औपचारिक श्रम क्षेत्रमा संलग्न हुन थाले । १९९० को प्रजातान्त्रिक आन्दोलनपछि नेपालमा श्रमिक संगठनहरू खुल्ला रुपमा क्रियाशील हुन थाले । जसमा नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल स्वतन्त्र ट्रेड युनियन महासङ्घ, तथा नेपाल ट्रेड युनियन कङ्ग्रेस जस्ता श्रमिक संगठनहरूले महिला श्रमिक हकहितका विषयमा जोड दिन थाले, र त्यसपछि नै नेपालमा ८ मार्चलाई औपचारिक रुपमा मनाउन थालिएको देखिन्छ ।

२००६ को जनआन्दोलनपछि महिलाका श्रम अधिकारमा कानुनी सुधार हुन थालेको पाइन्छ । जसले नेपालको श्रम ऐन २०१७ ले महिला श्रमिकहरूको हक, पारिश्रमिक समानता, प्रसुति विदा, कार्यस्थलमा यौन उत्पीडन विरुद्धका कानुनी व्यवस्था जस्ता विषयलाई समेटेका छन् । त्यसपछि २००९ देखि नेपाल सरकारले अधिकारिक रुपमा ८ मार्चलाई राष्ट्रिय रूपमा मनाउन थालेको हो । यो दिवस हरेक वर्ष नेपाल सरकार, ट्रेड युनियनहरू, महिला मानव अधिकारवादी समूहहरू तथा महिला अधिकारकर्र्मीहरूले विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् ।

हाल ८ मार्च नेपालमा श्रमिक महिला तथा समग्र महिलाको समानता, सम्मान र सुरक्षाका लागि महत्त्वपूर्ण दिनको रुपमा मनाइन्छ । सरकारले महिला श्रमिकका लागि सामाजिक सुरक्षाकोष, महिला उद्यमशीलता कार्यक्रम, तथा श्रम कानुन कार्यान्वयन जस्ता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपालका महिला श्रमिकहरू अझै पनि अनौपचारिक क्षेत्र, घरेलु कामदार, वैदेशिक रोजगारी तथा कृषि क्षेत्रमा असमानता र शोषणको सामना गरिरहेका छन् । त्यसैले महिला श्रमिकहरूको अधिकार र समानताको लागि लड्ने ऐतिहासिक दिनको रुपमा रहिआएको छ । सरकार, नागरिक समाज र श्रमिक संगठनहरू मिलेर महिला श्रमिकहरूको अधिकार सुरक्षित गर्न, कार्यस्थलमा सम्मानजनक व्यवहार सुनिश्चित गर्न र श्रम कानुनहरु प्रभावकारी रुपमा लागू गर्नुपर्ने आजको आवश्यकता छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑