शम्भु चौधरी लहान २३ फागुन । भवानी एकिकृत विकास केन्द्र धनगढीमाई नपा २ भवानीपुरको २९ औँ वार्षिक साधारण सभा विहीवार सम्पन्न भएको छ ।
भवानीपुर प्रधको भूतपुर्व गाविस अध्यक्ष गहुमलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि चौधरीका अनुसार संस्थामा सवैको सहयोग अपरिहार्य हुन्छ । गैर सरकारी संस्थाको कार्य नै जनता सेवा हो । यसले खानेपानी , स्वास्थ्य, शिक्षा जस्ता कार्य गर्ने हो । खास गरि गैर सरकारी संस्था डोनरमुखी नै हुन्छ । विभिन्न दातृ निकायहरुसँग समन्वय र सहकार्य गरि कार्य गर्नुपर्ने हुन्छ । अहिले मेन दातृ निकायको रुपमा स्थानिय सरकार भएको हुनाले उहाँसँग समन्वय गरि अगाडि बढ्न सुझाव दिइएका छन् ।
कार्यक्रममा वडाध्यक्ष हमिद राइन, अनुगमन तथा मुल्याँकन समितिका संयोजक राम अषिश राई. लगायतका समाजिक अगुवाहरुको उपस्थित रहेको थियो ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन महासचिव जसकरण साहले प्रस्तुत गर्नुभएको थियो भने वार्षिक आयव्यय प्रतिवेदन कोषाध्यक्ष संगिता कुमारी चौधरीले प्रस्तुत गरेकी थिइन ।
सभा संस्थाका अध्यक्ष राजेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।