शम्भु चौधरी लहान २० फाल्गुन । साना किसान कृषि सहकारी संस्था लि भवानीपुर प्रध धनगढीमाई न पा १ मा गठित समुह तथा अन्तर समुहका सदस्यहरुलाई एक दिने वित्तिय साक्षरता तथा समुह सुदृढिकरण तालिम सोमबार सम्पन्न भएको छ ।
समुह सदस्यहरुलाई बचत,ऋण तथा विधुतिय बैकिंग सेवाको बारेमा तालिम बिच प्रशिक्षण दिईएको थियो । तालिममा जम्मा ३० जना सदस्यहरुको सहभागी रहेको सहकारीकी प्रबधक गिता कुमारी चौधरीले बताईन ।
साना किसान विकास लघुवित्त वित्तिय संस्था लहान सिरहाको समन्वय र साना किसान कृषि सहकारी संस्था लि भवानीपुर धनगढीमाई न प १ सिरहाको आयोजनामा सम्पन्न भएको थियो ।