• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

३ दीने आधारभुत मनोसामाजिक सुस्वास्थ्य तथा मनोविमर्श सेवा सम्बन्धि तालिम सम्पन्न

नेपाल पोस्ट दैनिक
    March 3, 2025  मा प्रकाशित

Spread the love
      

संजू कुमारी दास, लहान १९ फागुन । सामाजिक, पारीवारीक, आर्थिक विभिन्न कारणले गर्दा मानिसहरूमा क्षणिक रूपमा भावनात्मक विचलन आउन सक्छ । तर मानसिक स्वास्थ्य समस्या भनेको मानिसमा देखिने भावनात्मक, संवेगात्मक र सामाजिक आदि विभिन्न कारणहरूबाट व्यक्तिको व्यवहारमा हुने परिवर्तन हो । मानसिक स्वास्थ्य समस्यालाई मनको समस्या, मनोरोग, मानसिक रोग जस्ता विभिन्न शब्दहरुबाट पनि बुझ्ने गरिन्छ ।

हाम्रो समाजमा यस्ता समस्या बाट धेरै व्यक्ति प्रभावित छन् तर उनीहरुको पहिचान हुन सकी रहेको छैन । यस्ता समस्या पछि गएर आत्महत्यामा पनि रुपान्तरण हुन सक्छ भन्ने बारे सामान्य रुपमा प्रायः यो कुरा बाट हाम्रो समाज अनभिज्ञ देखिन्छन र अन्धविश्वासमा परि धेरैले यस्तो समस्याको सिकार हुने गर्दछ । विश्व स्वास्थ्य संघको पछिल्लो आँकडा अनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसहरु आत्महत्या गरेको देखिन्छन् । वा यसलाई यसरी पनि बुभ्न सकिन्छ, विश्वमा हरेक ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्याको कारण ज्यान गुमाईरहेका हुन्छन् ।

नेपालमा हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको पाईन्छ भने पछिल्लो वर्ष सिरहा जिल्लामा जम्मा आत्महत्याको ५२३ घटना घटेको पाइएको छ । यस्ता घटनाहरुलाई न्युनिकरण गर्न वा रोकथाम गर्न,मनो सामाजिक समस्या पहिचान गर्न सक्ने क्षमताको विकाश गराई समाजमा परीचालन गर्ने र प्रभावित हरुलाई मनोविमर्श सेवा सम्म सहज पहुच बढाउने साथै समुदायमा दिगो शान्ति स्थापना गर्ने उद्देश्यले मुत नेपालगोलबजारले नागरिक आवाजसंगको साझेदारीमा संचालित “शान्तिका लागि स्थानीय क्षमता” कार्यक्रम अन्र्तगत सिरहा नगरपालिका र गोलबजार नगरपालिका का महिला तथा बालबालिका शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा प्रतिनिधिहरू र शिक्षकहरू लगायत जम्मा ३५ जनाको सहभागितामा मनोसामाजिक सुस्वास्थ्य तथा मनोविमर्श सेवा सम्बन्धी तीन दिने आधारभूत तालिम समपन्न गरेको छ ।

कार्यक्रममा सहभागिहरुले उत्साहीत भई भाग लिएर तालिम उपलब्धिमुलक र राम्रो रहेको बताए । स्वास्थ्य शाखाकी प्रतिनिधि सत्यभामा उपाध्यायले हिजोसम्म हामी एउटा स्वास्थ्यकर्मी थियौँ । आज हामी यो तालिम लिइसकेपछि एउटा मनोपरामर्शकर्ता भयौं । समाजमा यस्ता समस्याहरूको पहिचान गर्ने भयौं ।

समाजमा यस्ता समस्या हुनेहरूलाई धामी झाँक्री कहाँ लग्ने र झारफुक गराउने गर्छन् तर यो एउटा रोग हो भन्ने कुरा धेरैलाई जानकारी छैनन्, हामीलाई पनि थाहा थिएन, तर अब हामी यस्ता कुराहरु समाजमा गएर सम्झाउने बुझाउने र साथै त्यस्ता समस्या भएका व्यक्तिहरूको पहिचान पनि गर्नेछौ । त्यस्तै महिला विकास शाखा सिरहाकी प्रभा देवी भन्नुहुन्छ, यो तालिमभन्दा पहिला हामीलाई थाहै थिएन कि मनोपरामर्श भनेको के हो तर अब थाहा भयो हामी पनि अब समाजमा गएर यस्ता समस्याको पहिचान गर्न सक्छौं ।

अब सिकेका कुरा सबैलाई भन्छु । शिक्षिका ज्योति कुमारी मण्डल भन्नुहुन्छ हाम्रो समाजले मात्रै फिजिकल हेल्थलाई हेर्ने गर्छ । मेन्टल्ली रुपमा पनि स्वास्थ हुनु आवश्यक छ भन्ने कुरा जानकारी नै छैन फिजिकल मात्रै नभई मेन्टल्ली रुपमा पनि स्वास्थ्य हुनु आवश्यक छ । हामी शिक्षक छौं घरमा हामीलाई आमाले जे सिकाउनुभयो त्यही सिके । यस्ता तालिम हरेक घरकी आमाले लिनु पर्ने आवश्यत्ता देखिएको छ । शिक्षक नागेश्वर प्रसाद यादवको भनाइ अनुसार मनोविमर्श सेवा सबैभन्दा पहिला आफ्नै परिवारबाट सुरु गर्नुपर्छ । त्यसपछि समाजमा गई त्यस्ता समस्याहरू पहिचान गरिनुपर्छ ।

यस्ता तालिममा स्कुललाई नै प्राथमिकतामा राख्नु र शिक्षकलाई बोलाएर यस्ता तालिम दिनु सराहनीय काम छ । किनकि बालबालिकाहरु आमा बुवा पश्चात शिक्षकसँग नजिक हुन्छ । र हामीसँग धेरै कुरा सेयर गर्ने गर्छन् तर हामीलाई यस सम्बन्धी जानकारी नभएकोले हामी सामान्य रुपमा लिने गर्दथियौं । यस्ता समस्याहरू मनोसामाजिक समस्या हुन्छ भन्ने कुरा थाहै थिएन अब विद्यालयदेखि समाजमा पनि यस्ता कुराको जानकारी र पहिचान गर्नेछु र गर्न उत्प्रेरित पनि गर्नेछु ।

सरकारले होस् कि समाजले होस् मानसिक समस्यालाई प्राथमिकतामा राख्दैन आत्महत्याको तथ्यांक हेर्दा कस्तो डर लाग्दो रहेछ यसलाई घटाउन हामी सहयोग गर्ने छौं । यसरी हेर्दा समाजमा रहेको मनोसामाजिक समस्याहरुको पहिचान गरी अबको दीनमा उनीहरुलाई उचीत परामर्शका लागि सम्बन्धित ठाउमा पुर्याउने काम सजगताका साथ गरीने देखिन्छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑