शम्भु चौधरी लहान १ पुस । धनगढीमाई नगरपालिका २ को वडा कार्यालयमा सोमवार ताला बन्दि भएको छ । ताला बन्दि नेकपा ए.मा.ले.का वडा कमिटि द्वारा भएको छ ।
वडामा भइरहेको विकासे काम काजको विवरण पटक पटक मांग गर्दा पनि कुनै वास्ता नगरेको भन्दै वडामा ताला बन्दि गरेको ने.क.पा. एमाले वडा कमिटिका अध्यक्ष इसराफिलले बताए ।
वडामा कुनै किसिमको विकासे काम काज आफ्ना आसे पासेलाई उपभोगता समिति बनाएर गराइरहेको साथै वाडा अध्यक्ष हमिद मिया कार्यालयमा समय नदिएको भन्दै आक्रोस पोख्दै स्थानियहरुले बताए ।
ताला बन्दि समयमा कार्यालयमा वडा अध्यक्ष मिया थिए । वडा सदस्य गंगाराम साह रहे वमोजिम वडाका अध्यक्ष मिया कसैलाई निमित छोडेर नगएको बताए ।
यता वडा अध्यक्ष मियालाई ९८०७७३१५१२ मा सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा मोवाइलको स्वीच अफ रहेको थियो ।