• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवराजपुरमा २२औं हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नेपाल पोस्ट दैनिक
    October 31, 2024  मा प्रकाशित

Spread the love
      

सिरहाको नवराजपुर गाउँपालिका वडा नं १, गेरुवामा बजरंग युवा क्रिकेट क्लब (BYCC) गेरुवाहको आयोजनामा २२औं हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नवराजपुर, भगवानपुर, र सखुवानान्कारकट्टी गाउँपालिकाअन्तर्गतका माध्यमिक विद्यालयका आठ विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए। प्रतियोगितामा विद्यार्थीहरूबीच निकै प्रतिस्पर्धात्मक वातावरण देखिनुका साथै यसले विद्यार्थीको शैक्षिक स्तरमा उल्लेखनीय योगदान पुर्‍याएको छ।
कार्यक्रम क्लब सदस्य मनोज कुमार यादवको संयोजकत्वमा सम्पन्न भएको थियो। अनुसंधानका प्रहरी नायव निरीक्षक रिझन यादवका अनुसार, प्रतियोगिता निस्पक्ष रुपमा सम्पन्न गरिएको थियो। भगवानपुर गाउँपालिका अध्यक्ष उग्र नारायण यादव, सखुवानान्कारकट्टी गाउँपालिका अध्यक्ष केदार नाथ यादव, र नवराजपुर वडा नं. १ का अध्यक्ष नवीन कुमार यादवको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
प्रतियोगितामा मावि महदेवा पोर्ताहाले प्रथम स्थान हासिल गर्दा मावि महेशवरी दोस्रो र मावि मोवाही तेस्रो स्थानमा रहेका थिए। विजेताहरूलाई सम्मान गरिएको यस प्रतियोगिताले नवराजपुर क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक तथा आत्मविश्वास अभिवृद्धि गर्न उल्लेखनीय सहयोग पुर्‍याएको मानिएको छ।
यस अवसरमा भगवानपुर, सखुवानान्कारकट्टी, र नवराजपुरका जनप्रतिनिधिहरूको विशेष उपस्थिति थियो भने छात्राहरूको सामाचकेवा नृत्यले कार्यक्रमलाई सांस्कृतिक रङ्गमा सजाएको थियो। विगत २ दशकदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता क्षेत्रीय शैक्षिक तथा सांस्कृतिक प्रगतिको प्रतीक बनेको छ। क्लब अध्यक्ष राम बालक यादवका अनुसार, यो प्रतियोगिताले युवाहरूलाई नयाँ उत्साह र प्रेरणा प्रदान गर्दै आएको छ।
कार्यक्रम संयोजक मनोज कुमार यादवले यस प्रतियोगिताले नवराजपुरको शैक्षिक र सांस्कृतिक वातावरणलाई थप समृद्ध बनाएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑