लहान १३ कात्तिक । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
लहान नगरपालिका(४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान(२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् ।
उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
लहान दुर्गा मन्दिरको निर्माण कार्य ९० प्रतिशत सम्पन्न
रसुवा बाढीपीडितका लागि २ लाख ५९ हजार ७ सय ७० रुपैयाँ सहयोग
लहानको १ र २ का सडक स्तरोन्नति कार्यको मेयर चौधरीद्वारा शिलान्यास
बाढीपीडितलाई पोखरियाचाप वन उपभोक्ता समितिको २६ हजार ७ सय सहयोग
खडक नगरपालिकाको निःशुल्क आँखा उपचार अभियान,२ सय ७ जनाको मोतिबिन्दु अप्रेसन
