शम्भु चौधरी लहान २४ भदौ । शिक्षा युवा तथा खेलकुद शाखा सखुवानन्कारकट्टी गाउँपालिका को आयोजना मा ५८ औ अन्ताराष्ट्रिय साक्षरता दिवस भब्यरूपका साथ सम्पन्न भएकोछ ।
साक्षारता दिवसको अवसरमा सखवान्नकारकट्टी गाउँपालिकाले अन्तर मावि वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा अध्यक्ष यादवले गुणस्तर शिक्षामा अवरोध गर्ने कहिकतै राजनीतिक हावी छ भने त्यसलाई फिल्टर गरेर अघि बढ्न तयार रहेको बताए ।

गुणस्तर शिक्षाको लागि हामीले कुन टुल्स प्रयोग गर्नुपर्छ ? कलि लगानी गर्नुपर्छ ? हामी पटक पटक अनुभव, अनुगमन, आगन्तुक संवाद र आर्थिक लगानीमा जोड दिएको अध्यक्ष यादवले बताए ।प्रशासकीय अधिकृत राजिव झाले मधेशको साक्षारता ६३.५ प्रतिशत छ। सिरहा जिल्लाको ६५.१ प्रतिशत, सखुवान्नकारकट्टीको ६६.५ प्रतिशत रहेको छ। तर, देशभरको ७६.५ प्रतिशत रहेकोले हामीलाई चुनौती रहेको वताए ।